सन्देशखाली यौन दुव्र्यवहार घटनाको छानबिन गर्न भाजपाकाे ६ सदस्यीय समिति गठन

202401281139.png

काेलकाता: भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पश्चिम बंगालको उत्तर २४ परगना जिल्ला अन्तर्गत सन्देशखालीमा महिलाहरूसित भएको यौन उत्पीड़न र हिंसाको घटनाको जाँचको लागि टीम गठन गरेका छन्।

उनले सन्देशखालीको घटनालाई हृदय विदारक बताउँदै भनेका छन्, राज्यमा महिला उत्पीड़न अनि गुण्डागिरीका घटनाहरू निरन्तर भइरहेका छन् भने प्रशासन मूकदर्शक भएको छ। सारा राज्यमा कानून व्यवस्था ध्वस्त भएको छ।

बंगाल भाजपाद्वारा बिहीवार जारी बयानमा उल्लेख गरिएको छ, नड्डाले सन्देशखालीको घटनालाई गम्भीर रूपमा लिँदै केन्द्रिय मन्त्री एवं सांसदहरूको छः सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् जसले घटनास्थलमा पुगेर तथ्यहरू संग्रह गरी आफ्नो रिपोर्ट शीघ्र उनलाई सुम्पिनेछ।

केन्द्रीयमन्त्री अन्नपूर्णा देवीलाई यस उच्चस्तरीय समितिको संयोजक बनाइएको छ भने समितिका अन्य सदस्यहरूमा केन्द्रियमन्त्री प्रतिमा भौमिक, सांसद सुनिता दुग्गल, सांसद कविता पाटीदार, सांसद संगीता यादव औ बृजलाल (राज्यसभा सांसद एवं उत्तर प्रदेशका पूर्व पुलिस महानिदेशक) सामेल छन्। यिनीहरूले शुक्रवार घटनास्थलको भ्रमण गर्ने सम्भावना छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *