सन्देशखालीमाथि पश्चिम बंगालका राज्यपालले गृह मन्त्रालयलाई सुम्पिए रिपोर्ट

1280x720_430173-sandeshkhali-pti.webp

पुलिस उपद्रवी तत्वहरूसॅंग मिलेको आरोप

कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले सन्देशखालीमाथि एक रिपोर्ट केन्द्रिय गृह मन्त्रालयलाई सुम्पेका छन्। रिपोर्टमा पुलिसमाथि उपद्रवी तत्वहरूसॅंग मिलेको आरोप लगाइएको छ।

नयॉं दिल्लीमा राज्यपालले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग भेट गरे। राजभवनका एक अधिकारीले बिहिवार उक्त जानकारी दिए।

सन्देशखालीमा महिलाहरूले सत्तारूढ़ तृणमूल कांग्रेस नेता शाहजहां शेख र उनका समर्थकहरूको कथित अत्याचार विरूद्ध प्रदर्शन गरिरहेका छन्। बोसले रिपोर्टमा भनेका छन्, ‘सन्देशखालीका मानिसहरूले विशेष कार्य बल अथवा विशेष जॉंच दल गठन गर्नुपर्ने माग गरेका छन्। मेरो विचारमा त्यहॉंको स्थिति एकदमै निन्दनीय छ।’

राज्यपालले रिपोर्टमा पुलिसले शिकायत दर्ता गर्नुको साटो स्थानीय मानिसहरूलाई उपद्रवी तत्वहरूसॅंग सम्झौता गर्न सल्लाह दिइरहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *