आईआरबी क्याम्पबाट लुटेकाे हतियार बरामद

pratidintime_2022-12_79cb1698-4141-4677-af57-e0c2cd2ff7dc_for_web_PT_new__61_.png

इम्फाल: मणिपुर पुलिसको हतियार लुट्ने छःजना आरोपीहरूलाई पक्राउ गरिएको छ। यी लुटेराहरूबाट लुटिएको हतियार जफत गरिएको छ। मणिपुर पुलिसले आज बतायो, गत १३ फरवरीको राती अनियन्त्रित भीड़ले ५औं आईआरबी, चिंगारेल, इम्फाल पूर्वमा हतियार लुटेको घटनाको सम्बन्धमा मणिपुर पुलिसले छःजनालाई पक्राउ गरेको छ। यी आरोपीहरूलाई पुलिसले हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।

आरोपीहरूबाट चारवटा इंसास राइफल, एउटा एके रायफल, एसएलआरको म्यागजिन औ ९ मिमी गोला-बारूदले भरिएको १६ वटा स-सानो बक्सा जफत गरिएको छ। यी हतियारहरू ५औं आईआरबीबाट लुटिएको थियो। मणिपुर पुलिसले हतियारको लुटमा सामेल मानिसहरूलाई पक्राउ गर्नको लागि अभियान चलाइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *