नयाँ दिल्ली: अक्षय कुमार फेरि एकपटक विवादमा फसेका छन्। उनको आउँदो फिल्म राम सेतुलाई लिएर विवाद शुरु भएको छ। राजनीतिज्ञ सुब्रमण्यम स्वामीले अक्षय कुमारको फिल्म राम सेतुमा गलत तथ्यहरू देखाइएको आरोप लगाउँदै अक्षय कुमारलाई निशाना बनाएका छन्। उनले शनिबार दुईवटा ट्वीट पनि गरेका छन्। यी ट्विटमा स्वामीले अक्षय कुमारको नागरिकतामाथि पनि प्रश्न उठाएका छन् र लेखेका छन् कि यदि अक्षय कुमार विदेशी हो भने उनलाई देशबाट निकाल्न पनि भन्न सकिन्छ। यससँगै अक्षय कुमारसहित चलचित्रकर्मीलाई पनि मुद्दा चलाउने बताइएको छ।
यस फिल्मलाई लिएर सुब्रमण्यम स्वामीले दुईवटा ट्वीट गरेका छन्। पहिलो ट्वीटमा स्वामीले लेखेका छन्, ‘म अभिनेता अक्षय कुमार र उनको कर्मा मिडियाविरुद्ध मुद्दा हाल्दैछु। उनले आफ्नो आउँदो फिल्म राम सेतुलाई गलत तरिकाले देखाएको छl’ स्वामीले अक्षय कुमारको फिल्मले राम सेतुको छवि बिगारेको लेखेका छन्। यससँगै कानुनी प्रक्रियाबारे कुरा गर्दै उनले लेखेका छन्, ‘मेरा वकिल सत्य सभरवालले मुद्दाको मस्यौदालाई अन्तिम रूप दिएका छन्l’ सुब्रमण्यम स्वामी यहीँ रोकिएनन्। यसपछि उनले आफ्नो अर्को ट्वीटमा अक्षय कुमारको नागरिकतामाथि पनि प्रश्न उठाएका छन्। यससँगै उनले अक्षय कुमार विदेशी नागरिक भएमा उनलाई पक्राउ गर्न र देश निकाला गर्ने मागसमेत लेखेका छन्। उल्लेखनीय छ, अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रायः प्रश्न उठ्ने गरेको छ। अक्षय कुमार क्यानडाका नागरिक रहेको बताइएको छ। यद्यपि अक्षय कुमार आफैंले यसबारे सार्वजनिक रूपमा कुनै बयान दिएका छैनन्।
फिल्म राम सेतु भारत र श्रीलंका बीच बनेको राम सेतुमा आधारित छ। यसमा अक्षय कुमारले पुरातत्वविद्को भूमिका निर्वाह गरेका छन्, जसले यसको सत्यता पत्तो लगाउन खोजिरहेका छन्। यस फिल्ममा अक्षय बाहेक नुसरत भरुच र ज्याकलिन फर्नान्डिजको पनि भूमिका रहेको छ।









