२४ घन्टाको लागि पेरोल पम्प बन्द

1707624335_new-project-11.jpg

सिलगढी: उत्तर बंगाल पेट्रोल डिलर्स एसोसिएसनले बोलाएको बन्दको कारण आज बिहान ६ बजेदेखि नै यता सिलगढी इलाकाको पेट्रोल पम्पहरू पनि बन्द रहेको छ। यसले गर्दा धेरैजना मानिसहरूले आज असुविधाको सामना गर्नु परेको देखियो। तथापि, विशेष गरेर मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर नर्थ बंगाल पेट्रोल डिलर्स एसोसिएशनले अगावै सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर १५ फरवरी पेट्रोल पम्प २४ घण्टाको लागि बन्द रहने जानकारी गराएको थियो। भोली शुक्रवार बिहान ६ बजेसम्म सम्पूर्ण उत्तर बंगालमा पेट्रोल पम्प बन्द रहने बताइएको छ।जानकारी अनुसार, राज्यमा गत पञ्चायत चुनाउ अवधि केन्द्रीय बलका वाहनहरूको लागि विभिन्न पम्पहरूबाट तेल उपलब्ध गराइएको थियो, जसको लगभग १९ करोड रूपियाँ पेट्रोल पम्पका मालिकहरूलाई दिनु पर्ने अझसम्म बाँकी रहेको छ। उत्तर बंगालको विभिन्न पम्पका मालिकहरूले पैसा नपाएपछि धेरैपल्ट यसबारे आवेदन समेत गरेका थिए। यसैले उक्त बकाया रूपियाँको मागलाई लिएर आजको बन्द बोलाइएको नर्थ बंगाल पेट्रोल डिलर्स एसोसिएशनले जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *