भारत २०३६ ओलम्पिकको आयोजन गर्न तयार रहेको खेल मन्त्री ठाकुरको दावी

IMG-20240215-WA0145.jpg

नयाँ दिल्ली: केन्द्रीय खेल मन्त्री अनुराग ठाकुरले बताएअनुसार, भारतले पूरा ताकतको साथ २०३६ ओलम्पिक आयोजन गर्ने दावेदारी पेश गर्नेछ अनि भारत यी खेलहरूलाई देशमा ल्याउन सम्पूर्ण रूपले तयार छ। खेल मन्त्रीको टिप्पणी प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ओलम्पिक खेलहरूका निम्ति बोली लगाउने सरकारको इच्छाको संकेतपछि आएको छ। पीएम मोदीले गत वर्ष मुम्बईमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) सत्रको अवधि आफ्नो विचार राखेका थिए। भारतले अहिलेसम्म ओलम्पिक खेलहरूका आयोजन गरेको छैन। यसको निम्ति गुजरातमा चार सम्भावित स्थलहरूका पहिचान गरिएको छ। प्रधानमन्त्रीले गत वर्ष आईओसी सत्रको अवधि आफ्नो सम्बोधनमा कुनै उम्मेद्वार शहरको नाम चाहिँ उल्लेख गरेनन्। भारतले यसअघि २०१०-मा नयाँ दिल्लीमा कमनवेल्थ गेम्सको आयोजन गरेको थियो। यसको साथमा भारतले २०१७-मा फिफा अण्डर-१७ वर्ल्ड कपको पनि आयोजन गरेको थियो तर ओलम्पिक खेलहरू जस्ता महाआयोजनको निम्ति धेरै हितधारकहरूका संयुक्त प्रयासको आवश्यकता हुन्छ।
खेल मन्त्री अनुराग ठाकुरले भने, २०२६ ओलम्पिकको निम्ति भारत तयार रहने आवश्यकता छ। ओलम्पिक आयोजन गर्नु ठूलो कुरा हो अनि भारत यसको निम्ति तयार छ। बोली प्रक्रिया शुरु भएपछि भारतले पूरा ताकतको साथ बोली लगाउनेछ अनि भारतले अवश्यै ओलम्पिकको आयोजन गर्नेछ। हामीले असल सुविधाहरू र संसाधन दिने प्रयास गर्नु पर्नेछ अनि खेलाड़ीहरूले पूरा ताकतको साथ खेल्नु पर्नेछ। टप्स योजनाअन्तर्गत खेलाड़ीहरूलाई बस्ने-खाने, अभ्यास र साथमा हात खर्चको निम्ति ६ लाख रुपियाँ अलग प्राप्त हुन्छ। खेलो इण्डिया एथलीटहरूलाई पनि ६ लाख २० हजार रुपियाँ गरेर अलग्गै प्राप्त हुन्छ। यसैकारण खेलाड़ीहरूका परिवारले कुनै खर्च ब्योहर्नु पर्दैन अनि खेलाड़ीहरू अघि बढ़िरहेका छन्। खेलाड़ीहरूले देश-विदेशमा प्रशिक्षण हासिल गरिरहेका छन्। यसैकारण भारतले एशियन र प्यारा एशियन गेम्समा मिलाएर जम्मा २१८ वटा पदक जित्यो। यो त केवल शुरुवात हो। हामी धेरै अघि जानेछौं। अब २०३६ ओलम्पिक आयोजनको निम्ति भारतले कम्मर कस्नु पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *