टी२० वर्ल्ड कपमा रोहित शर्मा कप्तान, हार्दिक उपकप्तान

IMG-20240215-WA0130.jpg

राजकोट: भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-को सचिव जय शाहले यस साल वेष्ट इण्डिज र अमेरिकामा हुने आईसीसी टी२० वर्ल्ड कपमा अनुभवी रोहित शर्मा भारतीय टीमका कप्तान हुने पुष्टि गरे। भारतसँग अहिले हार्दिक पाण्ड्याको रूपमा खेलको सबैभन्दा छोटो प्रारूपको निम्ति पूर्णकालिक कप्तान रहेको छ तर वनडे वर्ल्ड कप २०२३-मा अष्ट्रेलिया विरुद्ध फाइनलमा हारपछि विराट कोहली र रोहित जस्ता सीनियर खेलाड़ीहरूले जूनमा हुने टी२० वर्ल्ड कपमा खेल्ने इच्छा व्यक्त गरेका छन्। शाहले भने, हामीले गत वर्ष लगातार
दशवटा म्याच जितेर पनि अहमदाबादमा वर्ल्ड कप जित्न सकेनौं तर हामीले मानिसहरूका मन चाहिँ जित्यौं। अहिले म तपाईंहरूसँग २०२४ (टी२० वर्ल्ड कप)-मा बारबाडोस (फाइनलको स्थल)-मा हामी रोहित शर्माको कप्तानीमा भारतको झण्डा गाड़्ने वाचा गर्छु। शाह खण्डेरीमा सौराष्ट्र क्रिकेट संघ स्टेडियममा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस स्टेडियमको नाम अब अनुभवी क्रिकेट प्रशासक निरञ्जन शाहको नाममा राखिएको छ।
यस अवसरमा पूर्व भारतीय कप्तान सुनिल गावस्कर र अनिल कुम्बलेको साथमा आईपीएल अध्यक्ष अरुण धूमिल पनि उपस्थित थिए। यस कार्यक्रममा चयन समितिका अध्यक्ष अजीत अगरकर, भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक राहुल द्रविड़, कप्तान रोहित शर्मा, मोहम्मद सिराज, रविन्द्र जडेजा, अक्षर पटेल र भारतीय टीमका केही सहयोगी स्टाफहरूले पनि हिस्सा लिए। उल्लेखनीय छ, भारतले अहिलेसम्म केवल एकपल्ट टी२० वर्ल्ड कपमा खिताब जितेको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा भारतीय टीम २००७-मा भएको टी२० वर्ल्ड कपको पहिलो संस्करणमा च्याम्पियन भएको थियो। त्यसपछि टीमले अझ एकपल्ट फाइनलमा चाहिँ स्थान बनाएको थियो। साल २०२२-को टी२० वर्ल्ड कपमा भारत सेमिफाइनलमा हारेको थियो। भारतले टी२० वर्ल्ड कपमा नक्आउट चरणमा पुगेपछि चाहिँ आफ्नो लय कायम राख्न सकेको छैन। यस साल हुने टी२० वर्ल्ड कप रोहितको सम्भवत अन्तिम वर्ल्ड कप हुनेछ। यसैकारण उनी आफै पनि निश्चित रूपमा ट्रफी जित्न चाहन्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *