हल्दीबाड़ी यूनिट फूटबल क्लब क्वार्टर फाइनलमा

३० जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा हल्दीबाड़ी यूनिट फूटबल क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा बुधवार भएको म्याचमा हल्दीबाड़ी यूनिट फूटबल क्लबले सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई ३-१-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका राहुल एमडी -लाई प्लेयर अव् द म्याच चयन गरियो।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement