परिवर्तन कपमा तितुस सेवेन च्याम्पियन

IMG-20240215-WA0111.jpg

खरसाङ: धोतरिया बालासन चियाबारीमा परिवर्तन ए क्लबको तत्त्वावधानमा आयोजित परिवर्तन कप फूटबल टुर्नामेण्टमा तितुस सेवेन च्याम्पियन भयो। परिवर्तन खेल मैदानमा आइतवार भएको एकतर्फी फाइनलमा तितुस सेवेनले नेपाल फूटबल क्लबलाई ६-०-ले पिट्यो। विजेता टीमबाट भिक्टोर छेत्री एक्लैले ४ गोल गरे। यसबाहेक प्रशान्त (भाइचुङ) राई र आशिष देवान (जीटी)-ले पनि १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
संक्षिप्तमाः
च्याम्पियनः तितुस सेवेन, दार्जीलिङ
रनरअप्ः नेपाल एफसी
प्लेयर अव् द म्याचः प्रशान्त (भाइचुङ) राई (तितुस सेवेन)
हाईएस्ट स्कोररः भिक्टोर छेत्री (तितुस सेवेन)
बेस्ट गोलकीपरः विवेक मगर (तितुस सेवेन) र साहिल तामाङ (नेहुर बालासन एफसी)
प्लेयर अव् द टुर्नामेण्टः निमा तामाङ (नेपाल एफसी)
फेयर प्ले ट्रफीः जोजो स्पोर्टिंग, दार्जीलिङ
डिसिप्लिन टीमः यूटीएमएस सेवेन २, दार्जीलिङ

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *