यूएफा च्याम्पियन्स लीग: पीएसजी-ले जिते पनि बायर्नको हार

IMG-20240215-WA0108.jpg

पेरिस: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको राउण्ड अव् सिक्स्टीन (नक्आउट) चरणको पहिलो लेगमा पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले जीत हासिल गरे पनि बायर्न म्यूनिखले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले बुधवार राति खेलिएको म्याचमा स्पेनिश क्लब रियल सोसिएदादलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-ले म्याचमा पहिलो गोलको निम्ति चाहिँ निक्कै प्रतीक्षा गर्नु पऱ्यो। स्टार फरवर्ड कीलियन एम्बाप्पेले ५८औं मिनटमा गोल गरी होम टीमलाई बढ़त दिलाए। त्यसपछि ब्राडले बारकोलाले ७०औं मिनटमा अझ एक गोल गरी पीएसजी-लाई २-०-ले जीत दिलाए। यस जीतपछि दोस्रो लेग अघि पीएसजी-सँग २ गोलको बढ़त रहे पनि रियल सोसिएदादसँग आफ्नो होम ग्राउण्डमा खेल्दै चमत्कारी प्रदर्शनको साथ उलटफेर गर्ने मौका पनि रहनेछ।
यसरी अन्य एउटा म्याचमा शक्तिशाली बायर्न म्यूनिखलाई इटलीको क्लब लाजियोले १-०-ले पराजित गऱ्यो। जर्मनीको क्लबले यस अवे म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्दै लाजियोमाथि लगातार दबाउ बनाए पनि गोल गर्न सकेन। यसको विपरीत लाजियोले सिरो इम्मोबिलले पेनल्टीबाट दिलाएको गोलको सहायताले म्याच जित्यो।

दोस्रो हाफको खेलमा गुस्ताव इसाकसेनलाई आफ्नो बक्सभित्र डायोट उपामेकानोले लड़ाउँदा रेफरीले ६९औं मिनटमा लाजियोलाई पेनल्टी र बायर्नका डिफेण्डरलाई रेड कार्ड दिए। इम्मोबिलले त्यही मौकामा गोल गरी टीमलाई निर्णायक बढ़त दिलाए। त्यसपछि बायर्नको टीम दशजना खेलाड़ीको साथ खेल्न वाध्य भए पनि लाजियोले गोलको संख्या बढ़ाउन सकेन। अब दोस्रो लेगको म्याच जर्मन क्लबको होम ग्राउण्डमा खेलिने हुनाले बायर्नसँग पुनरामन गर्ने असल मौका हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement