सिन्धुको अगुवाईमा भारत ३-२-ले विजयी

IMG-20240214-WA0235.jpg

शाह आलम (मलेशिया): दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले चोटमुक्त भए खेलमा फर्किएर बुधवार यहाँ जीत हासिल गरिन्, जसले भारतले ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीप (बीएटीसी) को महिला टीम स्पर्धामा चीनको मजबूत टीमलाई ३-२-ले पराजित गऱ्यो। ग्रुप डब्ल्यू-मा केवल दुईवटा टीम हुँदा पहिलो खेल अघि नै भारतको नक्आउटमा स्थान पक्का थियो तर टीमले शीर्ष वरीयता प्राप्त चीनलाई पराजित गरी आत्मविश्वासको साथ नक्आउट चरणमा प्रवेश गऱ्यो। गत वर्ष फ्रेञ्च ओपनको अवधि घुँड़ामा लागेको चोटले गर्दा लामो समयसम्म खेलदेखि टाढ़ा रहने सिन्धुले आफूभन्दा असल ऱ्याङकिङ भएकी हेन युईलाई ४० मिनटमा २१-१७, २१-१५-ले पराजित गरी भारतलाई १-० को बढ़त दिलाइन्।
सिन्धुले जितेपछि तनीषा क्रास्टो र अश्विनी पोनप्पाकी जोड़ीले ल्यु शेंग शु र टेन निंगकी जोड़ी विरुद्ध युगल म्याचमा १९-२१, १६-२१-ले हारको सामना गर्नु पऱ्यो। त्यसपछि अस्मिता चालिहा पनि विश्वकी नवौं नम्बरकी खेलाड़ी वेंग झी यी विरुद्ध १३-२१, १५-२१ ले पराजित हुँदा भारत तीनवटा म्याचपछि १-२-ले पछि रहन पुग्यो। त्रीशा जली र गायत्री गोपीचन्दकी जोड़ीले पछिबाट ली यी जिंग र लुओ शू मिनकी जोड़ीलाई १ घण्टा ९ मिनटमा १०-२१, २१- १८, २१-१७-ले पराजित गरी भारतलाई २-२ को बराबरीमा पुऱ्याइन्। अन्तमा निर्णायक म्याचमा विश्वकी ४७२औं नम्बरकी खेलाड़ी अनमोल खरबले विश्वकी १४९औं नम्बरकी खेलाड़ी वू लियो यू-लाई १ घण्टा १७ मिनटमा २२- २०, १४-२१, २१-१८ ले पराजित गरी भारतको जीत सुनिश्चित गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *