असम सरकारद्वारा काजी नेमुलाई राज्य फल घोषणा

Lemon

गुवाहाटी: असम सरकारले ‘काजी नेमु’लाई राज्यको फल घोषणा गरेको छ। कृषि मन्त्री अतुल बोराले सदनलाई विकासको बारेमा जानकारी दिँदै भने, ‘हिजो असम विधानसभाले ‘काजी नेमु’लाई राज्यको फल घोषणा गर्ने निर्णय गरेको छ र म आशा गर्दछु, सदनले पनि यो निर्णयलाई समर्थन गर्नेछुl’ जीआई ट्याग पाएपछि राज्यको अनुपम कागतीले विश्वभरको ध्यान तान्दै औषधीय गुण र अनुपम सुगन्ध भएको यस कागतीको माग पनि बढेको बोराले बताए। पछिल्ला दुई वर्षमा असमबाट लण्डन, दुबई, अबुधाबी, कतारलगायतका देशमा काजी नेमुका ७० हजार टुक्रा निकासी भएका छन्। हाल १५ दशमलव ९० हेक्टर जमिनमा कागती खेती गरी १ लाख ५८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ। भारतीय कृषि अनुसन्धान परिषद्का अनुसार यस निम्बुको उपस्थिति पहिलो पटक बर्निहाटमा देखिएको थियो। अहिले राज्यको बक्सा, कामरुप, चिराङ, कोकराझार, गोलपारा, मोरिगाउँ, नागाउँ र तिनसुकिया जस्ता ठाउँमा व्यावसायिक रूपमा यसको खेती भइरहेको छ। बोराले थपे, ‘अहिले हामीले काजी नेमुलाई राज्यको फल घोषणा गरिसकेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताको चासो र माग बढ्नेछ। चिराङ र तिनसुकियाका युवा संगठनहरूले यो फलको निर्यात व्यवसायमा लागेका छन्। सरकारको यो कदमले असमका किसानहरूका लागि आम्दानीको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छl’  मुख्यमन्त्री हिमन्त विश्व शर्माले विकासको बारेमा ट्वीट गर्दै भने, ‘यसको अद्वितीय सुगन्ध र एन्टिअक्सिडेन्ट गुणहरूले असमको निम्बुले हाम्रो स्थानीय खानालाई समृद्ध बनाएको छ। आजको घोषणासँगै, यो आत्मनिर्भरता र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्व खाद्य मानचित्रमा चम्किनेछl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *