१५ फरवरी लिएर प्रशासनलाई एसडीएफकाे आग्रह

n5832201781707931955837cfe1aa26e8de77a6f186e21bf110032ae52d10bff7c52f14184b34279dfca439.jpg

गान्तोक: एसडीएफ पार्टीले १५ फरवरीको दिन पूर्व सिक्किमको माखा बजारमा आयोजना हुने जनसभालाई ध्यानमा राखेर कानुन व्यवस्था चुस्त बनाउन अनि सुरक्षाको व्यापक प्रबन्ध गर्न प्रशासनलाई आग्रह गरेको छ।

एसडीएफ पार्टीले सिक्किमका पुलिस महानिर्देशकलाई पत्राचार गरी पुरानो माखा बजारमा आयोजना हुने सभालाई ध्यानमा राखेर राज्यमा सुरक्षा व्यवस्था कायम गर्न आग्रह गरेको छ। यस्तै प्रकारले एसडीएफले राज्यका अतिरिक्त मुख्य सचिव एवम् गृह सचिवलाई पनि पत्राचार गरी सुरक्षा व्यवस्था कायम गर्न आग्रह गरेको छ।

एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, एसडीएफ पार्टीले १५ फरवरीको दिन माखा बजारमा जनसभा आयोजना गरेको छ। पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा आयोजना हुने जनसभामा ठूलो संख्यामा एसकेएम तथा अन्य दल त्यागेर एसडीएफमा जोइन हुने सम्भावना रहेको छ। यसका साथै ठुलो संख्या पूर्व अधिकारी, सामाजिक कार्यकर्ता, शिक्षाविद्, उद्यमी, व्यापारी एवम् सर्वसाधारण जनताले एसडीएफ पार्टीमा जोइन गर्ने छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *