३० जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार रोमाञ्चक जीतको साथ ब्राइट स्पोर्टिंग क्लब (सिलगढ़ी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको म्याचमा ब्राइट स्पोर्टिंग क्लबले त्रिवेणी स्पोर्टिंग क्लब (खोलाचन्द फाप्री)-लाई २-१-ले पराजित गऱ्यो। विेजेता टीमबाट खोकन रोय र प्रकाश रोयले गोल गरे। यसरी नै त्रिवेणी युनाइटेडबाट राम माहात्राले १ गोल गरे। अब आइतवार खेलिने म्याचमा आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ र युनाइटेड सिक्किम फूटबल क्लबको ए टीमबीच भिड़न्त हुनेछ।
								



								

                    



