२० मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार सुपर डीविजन लीगको चरम रोमाञ्चक म्याच खेलियो। मेला ग्राउण्डमा भएको म्याचमा गत विजेता युनाइटेड ब्रदर्सले शेयर एफसीलाई २-१-ले पराजित गऱ्यो। म्याचमा शेयर एफसीको शुरुवात असल रह्यो अनि सुजल मुण्डा (पोग्बा)-ले टीमलाई शुरुवाती बढ़त दिलाए तर युनाइटेड ब्रदर्सले पनि चाँड़ै गोल हासिल गऱ्यो। युवा फरवर्ड सौरभ तामाङ र सोनम शेर्पाले गत म्याचको प्रदर्शनलाई दोहोऱ्याउँदै लगातार 2 गोल गरी युनाइटेड ब्रदर्सलाई जीत दिलाए। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।