महिनाव्यापी सड़क सुरक्षा अभियानको समापन

IMG-20240214-WA0233.jpg

गान्तोक: सोरेङमा एक महिनाव्यापी राष्ट्रिय सडक सुरक्षा अभियान समाप्त भयो। आज सोरेङ सिनियर सेकेण्डरी स्कूलको अडिटोरियम हलमा आयोजित सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम मार्फत उपस्थित मानिसहरुलाई जागरुकता गराइएको थियो। विद्यार्थीहरूलाई सडक सुरक्षा उपायहरूबारे शिक्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसडीएम डीआर विष्ट र विशेष अतिथिका रूपमा जिल्ला पुलिस अधीक्षक नहकुल प्रधानको उपस्थिति रहेको थियो। परिवहन विभागका अधिकारी विकास सुब्बाले ड्राइभिङ इजाजतपत्र र आवश्यक सवारी दर्ता कागजातहरू प्राप्त गर्ने मापदण्डहरूमा जानकारी गराए। आफ्नो सम्बोधनमा डीआर विष्टले गाडी चलाउँदा हेल्मेट लगाउने, सिट बेल्ट लगाउने र मोबाइल फोनको प्रयोग नगर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा सोरेङ सिनियर सेकेण्डरी स्कूलका प्रधानअध्यापक पीबी क्षेत्री, मोटर वाहन विभागका अधिकारी र स्थानीय पुलिसको पनि उपस्थिति रहेको थियो। उपेन्द्र राईले सडक दुर्घटनाका विभिन्न कारणहरूबारे प्रकाश पार्दै त्यसलाई न्यूनीकरण गर्ने उपायहरूबारे जानकारी गराए। उनले नवगठित सोरेङ जिल्लामा सडक सुरक्षाका पहलहरूको निरीक्षण गर्न जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सडक सुरक्षा समिति गठन गर्ने घोषणा पनि गरे। समितिको कार्यादेशमा सडक दुर्घटनाको तथ्यांकको समीक्षा गर्ने र राज्यको सडक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने समावेश छ। जिल्लामा हुने सुरक्षित सडक निर्माण र दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालाहरु मिलेर काम गर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको जानकारी दिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *