मल्लीमा पालन गरियो राज्यस्तरीय सोनम ल्होसार पर्व

IMG-20240214-WA0231.jpg

विपक्षी दलहरूदेखि अस्थायी कर्मचारीहरू सतर्क हुनुपर्छः मुख्यमन्त्री तामाङ

गान्तोक:  तामाङ समुदायको महान पर्व सोनम ल्होसार राज्यस्तरीयरूपमा आज मल्लीको खेल मैदानमा भव्यरूपमा पालन गरियो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, विधानसभा अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा, दार्जीलिङका विधायक निरज जिम्बा, कालचिनीका विधायक विशाल लामा, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जानकार बुजुर्गहरुबाट पर्वको ज्ञान हस्तान्तरण गर्नको निम्ति राज्यस्तरीय कार्यक्रमको आयोजना गरिएको उनले बताए। उनले थप भने, ‘सिक्किममा सबै जाति एक भएर अघि बढिरहेको छ यही नै सिक्किमको सबै भन्दा सुन्दर कुरा हो र यसलाई यथावत राख्नु सबैको जिम्मेवारी हो।’ पूर्व सरकारको डिभाइड अनि रुल को नीति थियो भने अहिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गरेपछि यूनाइट अनि ग्रोको नीतिमा काम गरिरहेको उनले बताए। उनले आज उपस्थिति युवाहरुलाई गरेर भने ‘ ‘अरूको धर्मलाई इज्जत गर्नु पर्छ यो सिक्किमको परम्परा हो, हामीले अरूको आस्थालाई सम्मान गर्नुपर्छ। आफ्नोसँगै अरूको संस्कार, संस्कृति, भेष भूषा, भाषा साहित्य लाई संरक्षण गर्ने काम गर्नु पर्छ सबैले। सरकारले विभिन्न जाति अनि धर्मलाई सहयोग दिने काम गरेको छ। सरकारको नजरमा सबै जात अनि धर्म सबै एक हो कसैलाई काखा, कसैलाई पाखा गरेको छैन। सिक्किम साझा फूलबारी हो यसलाई अझ सुनौलो बनाउन सबैको जिम्मेवारी हो।’

सरकारले राज्यका जनताको सपनालाई साकार गर्नको निम्ति ४ वर्षमा स्थायीकरण हुने नीति बनाएपछि अहिले विपक्षरुले विभिन्न प्रतिक्रिया दिइरहेको बताउँदै तिनीहरूले केवल आरिस मात्र गरिरहेको उनले कटाक्ष गर्दै स्थायीकरण हुनगइरहेको सबै सतर्क हुने आग्रह गरे। आगामी २० फरवरीमा मन्त्रीमण्डलको बैठकमा पारित भएपछि २० हजार कर्मचारीहरुलाई स्थायी नौकरीको आदेश हस्तान्तरण गर्ने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे। यसको साथै २०२६ मा छैटौं वेतन आयोग नन ग्याजेटेड पोस्टमा काम गर्ने कर्मचारीहरुको वेतनमा बढोत्तरी गर्ने पनि मुख्यमन्त्री तामाङले आज घोषणा गरे।

अहिले सिक्किममा सबै वर्ग अनि तप्काका मानिसहरुको निम्ति काम भइरहेको हुँदा आगामी चुनाव एकतर्फी हुने पनि उनले विश्वास व्यक्त गरे। जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई अवश्य नै बहुमतको साथमा सरकारमा पुऱ्याउने उनले विश्वास व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *