राजभवनमा दुई दिवसीय स्वास्थ्य जाँच शिविर शुरू

IMG-20240214-WA0230.jpg

गान्तोक: हाम्रो संकल्प विकसित भारत पुष्पित सिक्किम नाराको साथमा आजदेखि राजभवन परिसरमा दुई दिवसीय स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। उक्त कार्यक्रमको उदघाटन राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे। यस अवसरमा एसटीएनएम अस्पतालका विभिन्न विभागका चिकित्सकहरूले निःशुल्क रोगीहरूको जाँच गर्नको साथै औषधि पनि वितरण गरियो। सोही प्रकारले मेगा रक्तदान शिविर आगामी १७ फरवरीको दिन आयोजना गरिने भएको छ। आजको यस स्वास्थ्य शिविरबाट धेरै रोगीहरूले लाभ उठाएका छन्। राज्यपाल स्वयंले पनि आज ह्दयरोगी विशेषज्ञ डा. डीपी राईसँग स्वास्थ्य जाँच गराए भने उनले आँखाको पनि उपचार गर्दै चिकित्सकहरूबाट परामर्श लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *