प्रधानमन्त्री मोदीले उद्घाटन गरे युएईमा पहिलो हिन्दू

Hindu-Temple-UAE-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले युएईमा पहिलो हिन्दू मन्दिर उद्घाटन गरेका छन्l अहिलेसम्म बुर्ज खलिफा, फ्युचर म्युजियम, शेख जायद मस्जिद र अन्य हाइटेक भवनहरूका लागि परिचित रहेको युएईले अब आफ्नो पहिचानमा अर्को सांस्कृतिक अध्याय थपेको प्रधानमन्त्री मोदीले बताएका छन्। उनले भने, ‘आउँदो दिनमा यहाँ धेरै भक्तजनहरुको आगमन हुनेबारेमा म विश्वस्त छुl’ यसले युएईमा आउनेहरूको संख्या पनि बढ्ने साथै मानिसहरूको एकआपसमा सम्पर्क पनि बढ्ने उनले बताए। अबु धाबीमा पहिलो हिन्दू मन्दिरको उद्घाटनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘२०१५ मा मेरो पहिलो युएई भ्रमणमा मैले यहाँ मन्दिर बनाउने प्रस्ताव गरेको थिएँ। मेरो ब्रदर, महामहिम शेख मोहम्मद बिन जायद तुरुन्तै यसमा सहमत भएl’

प्रधानमन्त्री मोदीले भने, ‘यो भारतको अमृतकालको समय हो। यो हाम्रो आस्था र संस्कृतिको लागि अमरताको समय पनि हो। गत महिना मात्रै अयोध्यामा भव्य राम मन्दिर बनाउने पुरानो सपना पूरा भयो। श्रीराम आफ्नो भवनमा विराजित छन्। सम्पूर्ण भारत र प्रत्येक भारतीय अझै पनि त्यो प्रेमको भावनामा डुबेका छन्। आज अबुधाबीमा प्राप्त खुशीको लहरले अयोध्यामा रहेको हाम्रो अपार आनन्दलाई अझ बढाएको छ। यो मेरो सौभाग्य हो, मैले भव्य श्रीराम मन्दिर पहिले अयोध्या र त्यसपछि अबुधाबीमा देखेको छुl’ प्रधानमन्त्री मोदीले अबु धाबीको यो विशाल मन्दिर पूजा गर्ने ठाउँ मात्र नभएर यो मानवताको साझा सम्पदाको प्रतीक रहेको बताएl ‘यो भारत र अरबका मानिसहरू बीच आपसी प्रेमको प्रतीक पनि हो। यो भारत र युएई बीचको सम्बन्धको आध्यात्मिक प्रतिबिम्ब हो’, उनले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले युएईमा पहिलो हिन्दू मन्दिर निर्माण गरेकोमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई धन्यवाद जनाए। उनले भने, ‘यो मन्दिर निर्माणमा मेरो ब्रदर महामहिम शेख मोहम्मद बिन जायदको ठूलो योगदान रहेको छ। यसका लागि १४० करोड हिन्दूहरूले उनलाई हृदयदेखि धन्यवाद दिन्छन्। यसका लागि ‘धन्यवाद’ शब्द पनि सानो देखिन्छl’  यसै क्रममा प्रधानमन्त्रीले युएईमा यहाँ मन्दिर बनाएर मानव इतिहास लेखिएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *