गान्तोक: चर्चित सामाजिक कार्यकर्ता एवं युवा नेता ललित पोख्रेल, महिला कार्यकर्ता आइतमाया राई र सन्तोष शेर्पा लगायत ११३ परिवार भारतीय जनता पार्टी सिक्किममा सामेल भएका छन्। सिङतामस्थित पार्टी कार्यालयमा आयोजित एक जोइनिङ कार्यक्रममा उनीहरू सामेल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रदेश भाजपा अध्यक्ष डीआर थापाले सबैलाई पार्टीमा स्वागत जनाए।