कवि होम बहादुर छेत्री र स्वार्गीय मन्त्री सुवेदीको योगदानबारे चर्चा परिचर्चा

IMG-20240214-WA0232.jpg

गान्तोक: नेपाली साहित्यका साहित्यकार साथै कवि होम वहादुर छेत्री अनि पुर्व मन्त्री स्वार्गीय शेरबहादुर सुवेदीको निधन प्रति मृतको आत्माले चिर शान्तिको कामना गर्दै पश्चिम सिक्किम साहित्य प्रकाशनले एक शोक सभाको आयोजना गऱ्यो। उक्त सभामा वरिष्ठ साहित्यकार पद्मश्री केदार गुरुङ स्रष्टा एव सम्पादक साथै साहित्यकार गोबरधन बस्तोला साहित्यकार लक्ष्मी प्रशाद गुरुङ, प्रकाशनका सदस्य दिनेश शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। साहित्यकार साथै कवि स्वः होम वहादुर छेत्रीको निधन नेपाली साहित्य संसारको निम्ति अपुरणीय क्षति भएको बताइएको छ। युवावस्थादेखि नै साहित्य सिर्जना, सम्पादन अनि साहित्यिक सङ्गठनात्मक गतिविधिहरूमा संलग्न एवम् सक्रिय रहेर उनले नेपाली भाषा-साहित्य र समाजोत्थानमा अतुल्य योगदान दिएका छन्। साहित्यिक-सांस्कृतिक सिर्जनशीलता अनि समाज निर्माणको कार्यमा नै उनी आजीवन उत्सुक, जागृत र क्रियाशील रहेको कुरा वरिष्ठ साहित्यकार केदार गुरुङले प्रकाश पारे। पश्चिम सिक्किम साहित्य प्रकाशनको निम्ति उनको ठूलो योगदान रहेको पनि जानकारी गराए।

साहित्य क्षेत्रमा कलम चाउने कविलाई धेरैले सम्मान जनाइसकेको हो भने अन्तर्राष्ट्रिय स्रष्टा पुरस्कारले पनि अलंकृत बनेका छेत्रीको कविता, जीवनी लेखनद्वारा नेपाली समाजलाई योगदान दिएका होमबहादुर छेत्री एक सच्चा साहित्यकार रहेको जानकारी गराए।

यसरी नै गेजिङ निवासी पूर्व वरिष्ठ मन्त्री स्वः शेरबहादुर सुवेदीको निधनमा पनि प्रकाशनले ठूलो क्षति भएको भन्दै स्वः सुवेदीको सामाजिक ,साहित्यिक ,अनि राजनीतिक क्षेत्रको प्रशंसा गरियो।

नेपाली साहित्य क्षेत्रको विकास र पश्चिम सिक्किम साहित्य प्रकाशनका निम्ति सुवेदीको निधनले धेरै नोक्सानी भएको जानकारी गराइयो। साहित्यिक सक्रियता र सिर्जनशीलता रहेका स्वः सुवेदी एक असल राजनीतिक रहेको र राज्यका एक प्रतिष्ठित व्यक्ति जसको कारणले आज विश्वको सबैभन्दा ठूलो भानु शालिग गेजिङमा निर्माण गरिनुमा सुवेदीको अहम् भुमिका रहेकोबारेमा प्रशंसा गरियो। पश्चिम सिक्किम साहित्य प्रकाशन सहित अन्य क्षेत्रमा महत् योगदानको चर्चा भयो।स्व सुवेदी साहित्यिक रचनाकारको रूपमा चिन्हित नभई राजनैतिक योद्धाकोरूपमा भने राज्यमा निक्कै प्रतिष्ठित व्यक्ति हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *