एफएसटी र एसएसटीहरूलाई लिएर सभा सम्पन्न

IMG-20240214-WA0229.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै हाल राज्यको छ वटा जिल्लाले नै तयारी चलिरहेको छ। यसै क्रममा आज सोरङ जिल्लाका फ्लाइङ स्कवायड टीम (एफएसटी) र स्टेटिक सर्विलेन्स टीम (एसएसटी) लाई लिएर एक सभा आयोजना गरियो।

सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजना भएको सभालाई महकुमा अधिकारी डीआर विष्टले सञ्चालन गरेका थिए। यस अवसरमा स्रोतवक्ताको रूपमा सोरेङका एसडीपीओ समीर प्रधान, मुख्य एकाउन्ट अधिकारी केबी सुब्बा र सेक्टर पुलिस अधिकारी राकेश शर्मा रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महकुमा अधिकारीले एफएसटी र एसएसटीको चुनाउमा हुने भूमिका र जिम्मेवारीबारे विस्तृतरूपमा जानकारी गराए। उनले चुनाउ प्रक्रिया अनुसार सबै आफ्नो रिपोर्ट सम्बन्धित अधिकारीलाई बुझाउनुपर्ने र सम्पूर्ण निगरानी सञ्चालन गर्दा भिडियो प्रमाण रेकर्ड गर्नुपर्ने सुझाउ दिए। भारतीय दण्ड संहिताको धारा १७१बी र धारा १७१सी लाई निगरानीको क्रममा लागू गर्न सकिने जानकारी गराए। यसबाहेक एसएसटीद्वारा जाँच एक कार्यकारी मजिस्ट्रेटको उपस्थितिमा गरिनेछ र भिडियो-ग्राफ गरिने बताए। सोही क्रममा सेक्टर पुलिस अधिकारी केबी सुब्बाले अधिकृतहरूलाई हुलाक मतपत्र र फारम १२ को प्रक्रियाको बारेमा पनि विस्तृत रूपमा प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement