भागोप्रमोको तीन दिने विरोध प्रदर्शन मिरिकमा पनि समाप्त

IMG-20240214-WA0220.jpg

मिरिक: ११ गोर्खा जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउनु भाजपाको केन्द्र सरकार असफल भएको प्रतिवादमा भारतीय प्रजातान्त्रिक माेर्चा मिरिक महकुमा समितिले मिरिक महकुमा शासक कार्यालय गरिरहेको धरना प्रदर्शन समाप्त भएको छ। उक्त धरणा साेमबारदेखि शुरू गरेकाे थियाे जसकाे समापन बुधबार भयाे। बुधबार मिरिक महकुमा शासक कार्यालय परिसरमा भागाेप्रमाे साैरेनी समष्टिका कार्यकारी सभासद अरूण सिंग्चीकाे नेतृत्वमा धरना प्रदर्शन गरियो। अन्तिम दिनकाे धरना प्रदर्शनमा जीटीए सभाका भाइस चेयरम्यान राजेस चाैहान, लाेक सभा चुनाउका सम्भावित प्रार्थी गाेपाल लामा,सभासदहरू मिलेस राई, धुर्ब बम्जन, जनसम्पर्क अधिकारी विवेक गाेले, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भूटिया, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, भागाेप्रमाे सियाेक गाेपालधारा समष्टि अध्यक्ष समीर राई, सचिव कृष्णबीर प्रधान, साैरेनी समष्टिका अध्यक्ष विदुर गुरूङ लगायत धेरै भागाेप्रमाे समर्थकहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *