तुरसा टिजी प्राइमेरी स्कुलमा डिजिटल शिक्षा शुरू

043ef71b-ec0d-4dbc-8f51-a888051b891b

जयगाउँः जयगाउँ थाना अधिनस्थ सन् १९३५ मा निर्मित तुरसा टिजी प्राइमेरी स्कुल, सरकारी स्कुल भएतापनि सुख-सुविधामा भने प्राइभेट स्कुलको स्तरमा चलिआइरहेको छन्। सीसी टिभी, वाई-फाई, कराटे,मार्चपास इत्यादि विभिन्न क्रियाविधि भए तापनि आज फेरि रूरल ऐड संस्थाको सहयोगमा ५८ इञ्चको टिभी प्रदान गरियो र आजदेखि डिजिटल लर्निङ्ग सेन्टर शुरु गरिएको जानकारी यसै स्कुलको प्रधानाध्यापक लभकुमार भूजेलले जानकारी दिए।

यस ठाउँमा बालबालिकाले ५८ इन्चको टिभी मार्फत डिजिटल शिक्षाको फाइदा लिन सक्ने उनले बताए। आज सो अवसरमा विद्यालयका अध्यक्ष सुजित महाली, समाजसेवी ललित कोइराला, सुशीला राईले रिबन काटेर डिजिटल लर्निङ कक्षाको उद्घाटन गरेको उनले बताए। सो अवसरमा रूरल ऐड संस्थाकी मोमिना खातुन, धीरज लेप्चा, रति लामा, अनुपमा टिर्की, राणा भगत, रोशनी शिक्षिका रोशनी खातुन, ईश्वरीय लामा, अभिनाबा मजुमदार आदिको उपस्थिति रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement