४ लाख बराबरको सुन चोरीको आरोपमा पुलिसद्वारा सिलगढीको प्रधान नगरबाट आरोपी पक्राउ

IMG-20240214-WA0218.jpg

दार्जीलिङ: घुमबाट ४ लाख बराबरको सुन चोरीको आरोपमा सिलगढीको प्रधान नगर क्षेत्रमा ४० वर्षीय मानिसलाई दार्जीलिङ पुलिसले पक्राउ गरेको छ। यद्यपि पुलिसले अभियुक्तको परिचय भने खुलाउन चाहेन भने आरोपीसित अन्य कोही सहयोगी थिए कि भनेर अनुसन्धान जारी राखेको छ। पुलिसले सुनका गहना सिलगढीको सालबारीस्थित मेथीबारी क्षेत्रबाट बरामद गरेको जानकारी गराएको छ। दार्जिलिङ सदरको सर्कल इन्स्पेक्टर पार्थ देवले बताए अनुसार २९ जनवरीमा अनुराधा गुरुङले जोरेबङ्लो पुलिसमा उजुरी दिएकी थिइन् कि उनको घरबाट केही सुनका गहना चोरी भएको थियो। उक्त उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेका थिए। पुलिसले गुप्त स्रोतका आधारमा पत्ता लगाए अनुसार मुख्य अभियुक्तले गहना सालबारीको मेथीबारीमा राखेको जानकारी पाएका थिए। पुलिसले प्रधान नगर पुलिसको सहयोगमा टोली बनाएको र आरोपीलाई पक्राउ गरी सुनका गर-गहना बरामद गरेको पुलिसले जनाएको छ।प्रधान नगरका अभियुक्त जो आजसम्म चार दिन पुलिस हिरासतमा रहेपछि यहाँको अदालतमा पेश गरियो। पुलिसले करिब २५ ग्राम सुन रहेको पनि जनाएको छ। अभियुक्तबाट पग्लिएको सुन पनि बरामद भएको छ। सुन बरामद गरिएका गहनाहरूमा सुनको औँठी र सुनको चेन समावेश छ। बरामद भएको सुनका गहना ४ लाखको मूल्य भए पनि उनीहरुले सुनको वास्तविक मूल्य जाँच गरिरहेको बताइएको छ। यस क्रममा पुलिसका वरिष्ठ अधिकारीले लुटपाटका घटनाहरू पहाड़मा देखिने गरेको र हिउँदको मौसममा पहाडमा घरहरू खाली गरेर मानिसहरू सिलगढीमा बस्ने गर्छन् जसका कारण यस अवधि थप सतर्क रहन मानिसहरूलाई आह्वान् गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *