असम प्रदेश कंग्रेसका कार्यकारी अध्यक्षकाे राजीनामा

pro.jpeg

सदनमा पुरकायस्थ अनि बसन्तले भाजपालाई समर्थन गर्नेछन्

गुवाहाटी: असम प्रदेश कंग्रेस कमिटीलाई बुधवार फेरि एउटा गतिलो झट्का लागेको छ। प्रदेश कंग्रेसका कार्यकारी अध्यक्ष कमलाक्ष दे पुरकायस्थले आफ्नो पदबाट राजीनामा दिएका छन्।

खबर छ, पुरकायस्थसितै कंग्रेस विधायक बसन्त दास पनि विधायक शशिकान्त दासको मार्गमा हिँड़न तयार भएका छन्। कंग्रेसका यी दुई शक्तिशाली नेताले कंग्रेसमै बसेर भाजपालाई समर्थन गर्नेछन्।

वास्तवमा कंग्रेस नेता शशिकान्त दास आज पनि कंग्रेसकै विधायक हुन्, तर उनले विधानसभामा भाजपालाई समर्थन गर्दछन्। अब फेरि यस्तै ढंगमा मंगलदोईका कंग्रेस विधायक बसन्त दास र उत्तर करिमगञ्जका विधायक कमलाक्ष दे पुरकायस्थले पनि सदनमा सत्ताधारी दल भाजपालाई समर्थन गर्ने भएका छन्। पुरकायस्थले बुधवार असम प्रदेश कंग्रेस कमिटीको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिसकेका छन्।

पुरकायस्थ उत्तर करिमगञ्ज विधानसभा क्षेत्रबाट लगातार तीनपटक- वर्ष २०११, २०१६ र वर्ष २०२१ मा विधायक चुनिसकेका छन्। कंग्रेसका विधायक बसन्त दासले पनि वर्ष २००१, २०११ र २०२१ मा मंगलदोई निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए। दास दिवंगत तरूण गोगोई सरकारको तेस्रो कार्यकालमा क्याबिनेट मन्त्री समेत थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *