ममता ब्यनर्जीले सन्देशखालीका दुष्कर्मीविरूद्ध मुद्दा दर्ता नगर्ने आदेश पुलिसलाई दिएकी छन्: शुभेन्दु

suvendu-adhikari.jpg

काेलकाता: पश्चिम बंगाल भाजपाका वरिष्ठ विधायक औ नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आरोप लगाएका छन्, सन्देशखालीमा स्थानीय तृणमूल नेता शेख शाहजहाँ अनि उसका सहयोगीहरूद्वारा दुष्कर्मका पीड़ित महिलाहरूविरूद्ध मुद्दा दर्ता नगर्ने आदेश ममता ब्यनर्जीले पुलिसलाई दिएकी छन्।

उनले भनेका छन्, ममता ब्यनर्जी राज्यकी मुख्यमन्त्रीसँगसँगै गृहमन्त्री पनि हुन्। उनले नै आदेश दिएकी छन्, शेख शाहजहाँ वा अन्य तृणमूल नेताहरू जसले वर्षौदेखिको महिलाहरूसित दुष्कर्म गर्दै आइरहेका छन्,- विरूद्ध मुद्दा हुनु हुँदैन। जबकि ती महिलाहरूविरूद्ध मुद्दा दर्ता गराउन भनिएको छ जसले दुष्कर्मविरूद्ध मुख खोल्ने हिम्मत गरिरहेका छन्।

वास्तवमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पश्चिम बंगालको स्थितिलाई लिएर एउटा पोस्ट सोशल मीडिया प्लेटफर्म एक्समा साझा गरेकी छन्। यसमा उनले लेखेकी छन्, सन्देशखाली पुगेको महिला आयोगको टीमलाई यो कुरा थाहा लागेको छ कि जुन महिलाहरूले आरोप लगाएका छन् उनीहरूका आफन्तविरूद्ध पुलिसले लगातार आपराधिक मामिलामा मुद्दा दर्ता गरिरहेको छ। एकातिर गुण्डाहरूले धम्की दिरहेका छन् भने अर्कोतिर पुलिसले। यसैको जवाफस्वरूप शुभेन्दु अधिकारीले बुधवार भनेका छन्, यो त अपराधरूपी पहाड़को एउटा सानो अंग मात्र हो। सन्देशखाली कुनै एउटा घटना मात्र नभएर यस कुराको पनि प्रमाण हो कि पश्चिम बंगालमा कानून व्यवस्थाको स्थिति धरमराएको छ।

ममता ब्यनर्जीको लागि सन्देशखालीका पीड़ित महिलाहरू मात्र अतिरिक्त क्षति हुन्। उनी शाहजहाँ शेख जस्ता अपराधीहरूलाई असीमित शक्ति दिएर सत्तामा कायम रहनको लागि यस्ता हरेक मूल्य चुकाउन तयार छन् जसले यो सुनिश्चित गर्दछ कि चुनाउमा तृणमूल पार्टीको पक्षमा धाँधली होस्। सट्टामा महिला अधिकारहरूको उल्लंघन ममता ब्यनर्जीको लागि एउटा ””सामान्य कुरा”” मात्र हो। ममता ब्यनर्जीले नै पश्चिम बंगालकी गृहमन्त्री भएको नाताले पुलिसलाई यस्तो सिकायत दर्ता गर्ने निर्देश दिएकी हुन् अनि यसको सट्टा यौन शोषण पीड़ित महिलाहरूलाई तृणमूल नेताहरूसित मिलेर मुद्दा समाधान गर्ने सल्लाह दिएकी छन्। अधिकारीले भनेका छन्, अचानक प्रशासनिक कारबाही अनि अतिसक्रिय पुलिसिंग एउटा ढोंग मात्र हो। जबकि यो स्वतः स्फूर्त आन्दोलनलाई दमन गर्ने अनि वास्तविक दोषीहरूलाई बचाउँदै निर्दोषहरूविरूद्ध झूटो मामिला दर्ता गरी न्याय प्रणालीलाई ओझेलमा राख्ने एउटा खुल्ला प्रयास हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *