आफ्नो क्षेत्रमा भूमाफियाहरू र जग्गाको घोटाला रोक्न केन्द्रीय मन्त्रीले अनुसन्धान समिति गठन गरेको सांसद राजु विष्टको दाबी

IMG-20240214-WA0217.jpg

सिलगढी: सिलगढी, तराई र दार्जिलिङ-कालेबुङ पहाडी क्षेत्रमा राजनीतिक आश्रय पाएका भू-माफियाहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेर सार्वजनिक जग्गाको ठूलो भूभाग कब्जा गरी ठूला कम्प्लेक्सहरू निर्माण गरिरहेको देखेको अारोप दार्जीलिङका सांसद एंव भाजपाको राष्ट्रीय प्रवक्ता राजु विष्टले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै २८ नोभेम्बर, २०२३ मा, बागडोगराको अयपा मन्दिर नजिकै लगभग २५ बिघा सीपीडब्ल्युडी जग्गाको अवैध कब्जा पत्ता लगाएर आफुले केन्द्रीय आवास र शहरी मामिला मन्त्री हरदीप सिंह पुरीलाई यो जग्गा घोटालामा हस्तक्षेप गरी छानबीन गर्न आग्रह गरेको बताएका छन्।

बागडोग्रा अयप्पा मन्दिर र सन्तोषी माता मन्दिरको बीचमा रहेको करीब २५ बिघा जग्गामा फैलिएको सीपीडब्ल्युडीको सम्पत्ति अवैध रुपमा किनबेच हुने चिन्ताजनक अवस्था विषयमा ध्यानाकर्षण गराएको बताएका छन्। आर्थिक लाभको सट्टा गैरकानूनी रूपमा जग्गाको हक हस्तान्तरण गर्ने षड्यन्त्रमा, यस नापाक गतिविधिमा केही सरकारी कर्मचारीहरूको संलग्नता देख्नु दुःखदायी छ भन्दै यी गैरकानूनी गतिविधिहरूको गहिरो छानबीन गर्न केन्द्रीय मन्त्रीले तुरुन्तै “अनुसन्धान समिति” गठन गरेको जानकारी गराएका छन्। यस विययमा सांसद राजु विष्टले भने ‘राजनीतिक आश्रय पाएका भू-माफियाहरू र यी जग्गा घोटालाहरूलाई सहज बनाउन जालसाजी कागजातहरू बनाउनमा संलग्न सरकारी अधिकारीहरूलाई, म कडा चेतावनी दिन्छु, तपाईंले कल्पना गर्न सक्नुभन्दा चाँडो न्याय तपाईंसँग मिल्नेछ।

‘म इमान्दार नागरिकहरूलाई मेरो कृतज्ञता व्यक्त गर्दछु जसको निष्ठाले यो विशेष घोटालालाई मात्र होइन, तर हाम्रो क्षेत्रलाई विचलित गर्ने अरूलाई पनि प्रकाशमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *