भागोप्रमोको तीन व्यापी धरणा प्रदर्शनको समापन

IMG-20240214-WA0205.jpg

जुन राष्ट्रिय दलले क्षेत्रीय दललाई मासेर हाम्रो मुद्दा फत्ते गर्न सक्दैन: बिन्नी शर्मा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीन दिनव्यापी धरणा प्रदर्शन आज समाप्त भएको छ। विगत १२ फरवरीदेखि पहाड़भरि पहाड़मा शुरु भएको भागोप्रमोको विरोध प्रदर्शनको तेस्रो दिन खरसाङमा पनि समाप्त भएको छ। केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूको ११ जात गोष्ठीलाई जनजातिको मान्यता नदिएको भन्दै विगत सोमबारदेखि थालिएको विरोध प्रदर्शन समाप्त भएको छ। खरसाङको महकुमा शासक कार्यालय अघि विगत तीन दिनदेखि भईरहेको विरोध प्रदर्शनको अन्तिम दिनको धरणा प्रदर्शन कार्यक्रम भागोप्रमो खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त धरणा प्रदर्शनलाई सम्बोधन गर्दै बिन्नी शर्माले आफ्नो जातिको लागि एक भएर अघि आउने आह्वान् गर्दै सम्पूर्ण पहाड़को दादु भाइहरूलाई राजनैतिक झण्डाहरू राखेर राष्ट्रीय झण्डा लिएर जातिको लागि लड्ने आह्वान् पनि गरे। उनले जुन राष्ट्रिय दलले क्षेत्रीय दलको सम्मान गर्दैन अनि क्षेत्रीय दललाई मासेर कसरी हाम्रो मुद्दा फत्ते गर्नसक्छ भनी प्रश्न गरेका छन्। शर्माले हामीले जे गरे पनि दोष देख्नेहरूले आफ्नो ढाड़मा भैंसी हिँड़ेको देख्दैन भनी बताएका छन्। विरोध प्रदर्शनलाई भागोप्रमो केन्द्रीय सांगठनिक सचिव एंव कार्यकारी सभासद रतन थापा, नारी शक्ति केन्द्रीय अध्यक्ष एंव खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, भक्तिमान तामाङ आदिले पनि सम्बोधन गरेका थिए भने प्रवक्ता अनुप रामुदामुले सञ्चालन गरेका थिए।

उक्त धरणा प्रदर्शनपछि भागोप्रमो टोलीले खरसाङ महकुमा शासकलाई भेटेर गत १२ फरवरीको दिन प्रधानमन्त्रीलाई पठाएको पत्र के कसो भयो र कता पुग्यो भनी सोधपुध गरेका छन्। महकुमा शासकले उक्त पत्र जिल्ला शासकलाई पठाएको जानकारी गराएको बताइएको छ। यसको साथै उक्त पत्र के कसो भयो त्यसको जानकारी दिनलाई एक हप्ताको समय दिइएको भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *