दोस्रो गोर्खा चेली फुटबल टुर्नामेन्टमा निता फुटबल अकादमी ओडिस्सा सेमी फाईनलमा प्रवेस

IMG-20240214-WA0200.jpg

खरसाङ: खरसाङमा भईरहेको दोस्रो गोर्खा चेली फुटबल टुर्नामेन्ट २०२४ मा निता फुटबल अकादमी ओडिस्सा सेमी फाईनलमा प्रवेस गरेको छ। खरसाङ फुटबल एसोसिएसन र खेल अनि युवा मामिला विभाग, जीटीएको संयुक्त आयोजनामा दोस्रो गोर्खा चेली फुटबल खेल २०२४, चानमारी मैदान खरसाङमा भईरहेको छ।
आज खेलको कोच श्याम जय नितेइको निगरानीमा रहेको चौथो निता फुटबल अकादमी ओडिस्सा अनि कोच अमृत दासको निगरानीमा रहेको गयेसपुर स्पोर्ट्स फुटबल अकादमी कोलकातामाझ खेलियो। यस खेलमा एनएफए ओडिस्साले जीएसएफए कोलकातालाई ३-१ को अन्तरले पराजित गर्दै सेमी फाईनलमा प्रवेस गरेको छ।

पुल ‘ए’बाट आज एनएफए ओडिस्साको भीड़न्त अब १६ फरवरीको दिन दोस्रो सेमी फाइनलमा सिक्किमसित हुनेछ। अब १५ फरवरीको पहिलो सेमिफाइनल देबान्जन गल्स फुटबल अकादमी, कालेबुङ र तामिलनाडु पुलिसमाझ खेलिने छ। आजको उत्कृष्ट खेलाडी एनएफए ओडिस्साका प्रिया रुई दासलाई चयन गरिएको छ। उनलाई सन्त मेरिज ग्राम पञ्चायतकी उप प्रधान प्रसंशा लेप्चाको बाहुलीबाट पारितोषिक प्रदान गरियो। आज चको खेलमा अतिथिहरुमा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान, कर्माध्यक्ष भक्तिमान तामाङ, घैयाबारी ग्राम पञ्चायत समिति सदस्या कुसुम तामाङ, सन्त मेरिज ग्राम पञ्चायतबाट प्रसंशा लेप्चा, रेस्मा दियाली, सारदा सिंह, अधिवक्ता साथै केएफएका कानुनी सल्लाहकार सपना राई अनि अन्य अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *