भाजपाको पथसभामा बमबाजी

BJP-TMC-Coochbehar-1.jpg

तृणमूलमाथि आरोप

काेचबिहार: दिनहाटाको ब्लक दुई अधिनस्थ नाजिरहाट बजारमा भाजपा, ओबीसी मोर्चाकी केन्द्रिय नेता माफुजा खातुनको पथसभामा गए मंगलवार साँझ बमबाजी गरियो। यस अवधि वाहनहरू पनि तोड़फोड़ गरियो।

यस घटनाको निम्ति भाजपाद्वारा स्थानीय तृणमूल कंग्रेस कार्यकर्ताहरूमाथि आरोप लगाइएको छ। यद्यपि स्थानीय तृणमूल नेतृत्वले भाजपामाथि सभामा बवाल मच्चाएको आरोप लगाएको छ। उक्त घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भएको छ।

काेचबिहार जिल्ला भाजपा सचिव अजय रायले भने, उनको पूर्व घोषित पथसभा गए मंगलवार साँझ नाजिरहाट बजारमा भइरहेको थियो। त्यहाँ ओबीसी मोर्चाकी केन्द्रिय नेता माफुजा खातुनले वक्तव्य रआखिरहेकी थिइन्। त्यसैबेला तृणमूल कंग्रेसका उपद्रवीहरूको एक समूहले पथसभामा आक्रमण गऱ्यो अनि त्यहाँ रहेका वाहनहरू तोड़फोड़ गऱ्यो। अजय रायले यो पनि दाबी गरे, तृणमूल समर्थित उपद्रवीहरूको उत्पातमा केही भाजपा कार्यकर्ता एवं समर्थकहरू गम्भीर रूपमा घाइते भएका छन्।

अर्कोतिर भाजपाको उक्त आरोपलाई तृणमूल खेमाले पूर्ण रूपले खारेज गरिदिएको छ। तृणमूल कंग्रेस अध्यक्ष दीपक भट्टचार्यले भने, चुनाउ नजिकै आएकोले भाजपाले नाटक गरेको हो। उनले भने, कुचबिहार जिल्ला तृणमूल कंग्रेसको आदेशमा उनीहरूले नाजिरहाट बजारमा पथसभा आयोजना गरेका थिए। यस अवधि भाजपाका मानिसहरूले उनीहरूको पथसभालाई बिथोल्ने प्रयास गरे। दीपक भट्टचार्यले भने, केही मानिसहरू बजार आए अनि भड़काउपूर्ण कुराहरू गर्न थाले। त्यसपछि हाम्रो पथसभामा आक्रमण गरे। हामीले मामिलाको लिखित सिकायत थानामा दर्ता गराएका छौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *