मन्त्री फिरहाद हकिमको अवस्था स्थिर

1600624133_21nblhakim_3.jpg

काेलकाता: पश्चिम बंगालका मन्त्री औ कोलकाताका मेयर फिरहाद हकिमको अवस्था स्थिर रहेको छ। उनलाई ग्लुकोज दिइएको छ भने शरीरका अन्य प्यारामीटर्सलाई जाँच गर्नको लागि विभिन्न प्रकारको जाँच गए मंगलवा राती नै भइसकेको छ। हकिमलाई कमजोरी, थकावट, शरीरमा पानीको अभाव जस्ता समस्या भएपछि गए मंगलवार एक अस्पतालमा भर्ती गरिएको थियो।

एक महिनाको अवधिमा शहरी विकास औ नगरपालिका मामिलाक मन्त्री हकिमलाई अस्पतालमा भर्ती गरिएको यो दोस्रो घटना हो। ६४ वर्षीय मन्त्रीको शरीरमा सामान्य इलेक्ट्रोलाइट असन्तुलन पाइएको छ। अस्पतालका एकजना अधिकारीले बताए, हकिम लामो समयसम्म घाममा बसेका कारण यो कमजोरी विकसित भएको हो। उनको शरीरमा इलेक्ट्रोलाइट असन्तुलित रहेको थाहा लागेको छ। उनलाई ओछ्यानमै विश्राम गर्ने अनि तरल पदार्थहरू सेवन गर्ने सल्लाह दिइएको छ। उनी हाल आरामदायक स्थितिमा छन् अनि हल्का भोजन सेवन गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *