खरसाङको मकैबारी चियाबारीमा लायन्स क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

IMG-20240214-WA0166.jpg

खरसाङ: खरसाङको मकैबारी चियाबारीमा लायन्स क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय लायन्स क्लबका ४५ सदस्यीय टोलीले आज मकैबारी फ्याक्ट्रीमा आयोजित निःशुल्क आँखा अनि मधुमेय जाँच शिविरमा भाग लिएका थिए। अन्तर्राष्ट्रिय लायन्स क्लबका उपाध्यक्ष एपी सिंहले ग्लोबल हेल्थ सप्ताह मनाउन खरसाङ आएको टोलीको भ्रमणको औचित्य बताउँदै भने, “सेवा कार्यमा संग्लग्न रहने संस्था हो लायन्स क्लब। विश्वको विभिन्न ठाउँहरूमा सेवा कसरी गरिन्छ, त्यो अनुभूति दिलाउनु ग्लोबल हेल्थ सप्ताह आयोजना गरिएको हो। पहाडमा भईरहेको लायन्स क्लबको सेवाको कार्यमा भाग लिनु, सेवा कार्यलाई प्रोत्साहन गर्नु अनि गहिराईमा बुझ्नु आयोजित कार्यक्रमको उद्देश्य रहेको छ।”

त्यसरी नै अमेरिकाबाट आएका ग्लोबल मिडियाका सदस्य साथै लायन्स डेनियलले भ्रमण विषय थप जानकारी दिँदै भने, “आठ देशका लायन्स क्लबका सदस्यहरू यस भ्रमणमा आएका छन्। यो भ्रमण लायन्सका भोलियन्टरहरूलाई सशक्त बनाउने उद्देश लिएर पनि आयोजना गरिएको हो। समाजका मानिसहरूको कल्याण, त्रासदी समयका आवश्यकता अनि मानिसको स्वास्थ्य माथि जागरुक गराउने प्रयास पनि हो। कसरी सानो सहयोगले पनि मानिसको जीवनमा प्रभाव पार्नु सकिन्छ त्यो जागरूकता पनि हामी सदस्यहरुलाई दिनु चाहन्छौ। अन्तर्राष्ट्रिय लायन्सले कसरी स्थानीय लायन्स सँग मिलेर काम गर्नु सकिन्छ त्यसको उदाहरण आजको कार्यक्रम हो।”
मकैबारी चिया फ्याक्ट्री परिसरमा अन्तर्राष्ट्रिय लायन्स क्लब ग्लोबल हेल्थ सप्ताह मनाउन आएका अन्तर्राष्ट्रिय टोलीको उपस्थितिमा लायन्स क्लब अफ खरसाङले निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्यो। शिविरमा नेत्र जाँच, निःशुल्क चश्मा वितरण, मधुमेयको जाँच गरियो। यो शिविर विशेष गरी चिया बगानका श्रमिकहरुको निम्ति आयोजना गरिएको प्रेम गुप्ताले जानकारी दिए। गुप्ताले जानकारी दिए अनुसार करिब ४०० श्रमिकहरू जाँच शिविरमा आएका थिए। उनीहरूलाई क्लबले छाता पनि वितरण गरे। अन्तर्राष्ट्रिय लायन्स क्लब फाउन्डेसनका अध्यक्ष ब्रायन सिहान अनि अन्तर्राष्ट्रिय अध्यक्ष डा प्याटी हिलले हिजो रामकृष्ण कन्या पाठशालामा धेरै योजनाहरुको उदघाटन गरेका थिए। खरसाङ लायन्सका शिवानी गोयन्काको नेतृत्वमा दुई दिवसीय अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना भएको थियो।
मकै बारी चिया बगानका सञ्जय दास, म्यानेजर अनि प्रत्युस घोष, अकाउन्ट विभागका म्यानेजरको सहयोगमा आजको कार्यक्रम आयोजना भएकोमा लायन्स शिवानीले धन्यवाद दिएका छन्।

कार्यक्रममा खरसाङ लायन्सको तर्फबाट विनम्र गोयन्का, आयुष गुप्ता, सिम्पल अग्रवाल, पंकज अग्रवाल, सरोज चौहान, किरण अग्रवाल, उमेश अग्रवाल, ममता गुप्ता, विकास गोयल, प्रेम गुप्ता, कविता अग्रवाल अनि राजीव अग्रवालको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *