अष्ट्रेलिया विरुद्ध टी२० सीरीजको निम्ति न्यूजील्याण्ड टीमको घोषणा

IMG-20240214-WA0148.jpg

वेलिंगटन: न्यूजील्याण्ड क्रिकेटले अष्ट्रेलिया विरुद्ध आउँदो तीनवटा म्याचको टी२० सीरीजको निम्ति टीमको घोषणा गऱ्यो, जसमा पेस बलर ट्रेण्ट बोल्ट फर्किएका छन्। बोल्टको आगमनले कीवि टीमको पेस आक्रमण मजबूत बन्नेछ। चौंतीस वर्षीय पेस बलरले आफ्नो अन्तिम इण्टरनेशनल म्याच गत वर्ष आईसीसी वनडे वर्ल्ड कपमा भारत विरुद्ध खेलेका थिए। यसरी उनले आफ्नो अन्तिम टी२० इण्टरनेशनल म्याच २०२२-मा पाकिस्तान विरुद्ध टी२० वर्ल्ड कपको सेमिफाइनलमा खेलेका थिए। अनुभवी ब्याटर केन विलियम्सन पितृत्व अवकाशले गर्दा टीमबाट बाहिर छन्। यसबाहेक डेरिल मिचेललाई पनि टीममा राखिएको छैन कारण उनी खुट्टाको चोटसँग जुझिरहेका छन्। वरिष्ठ खेलाड़ीको स्थान भर्न जोश क्लार्कसनलाई टीममा सामेल गरिएको छ। क्लार्कसनले अष्ट्रेलियाई टीम विरुद्ध आफ्नो टी२०आई पदार्पण गर्ने सम्भावना छ।
क्लार्कसनले अष्ट्रेलिया विरुद्ध टी२०आई सीरीजको निम्ति टीममा स्थान पाउनुलाई एकद खास अनुभव बताए। उनले भने, म धेरै उत्साहित छु। पहिला बंग्लादेश विरुद्ध सीरीजको निम्ति बोलाइनु अनि यसपाली अष्ट्रेलिया विरुद्ध सीरीजको निम्ति टीममा स्थान पाउनु सुखद अनुभव रह्यो। अष्ट्रेलिया विरुद्ध क्रिकेट खेल्ने मेरो सपना रहेको छ। म मैदानमा टीमको निम्ति आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। न्यूजील्याण्ड र अष्ट्रेलियाबीच तीनवटा म्याचको टी२० सीरीजको शुरुवात २१ फरवरीमा वेलिंग्टनमा हुनेछ। दोस्रो र तेस्रो टी२० म्याच क्रमशः २३ र २५ फरवरीमा खेलिनेछ।
न्यूजील्याण्डको टी२०आई टीमः
मिचेल सेण्टनर (कप्तान), फिन एलन, ट्रेण्ट बोल्ट (दोस्रो र तेस्रो टी२०आई), मार्क चापम्यान, जोश क्लार्कसन, डेवोन कनवे (विकेटकीपर), लौकी फर्ग्यूसन, एडम मिल्ने, म्याट हेनरी, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम सीफर्ट (विकेटकीपर), ईश सोढ़ी, टिम साउदी (केवल पहिलो टी२०आई)।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *