यूडब्ल्यूडब्ल्यू-ले पहवानहरूसँग भेदभाव नगर्ने निर्देशको साथ भारतमाथि लगाएको निलम्बनलाई हटायो

IMG-20240214-WA0143.jpg

नयाँ दिल्ली: विश्व कुश्तीको सर्वोच्च संस्था युनाइटेड वर्ल्ड रेसलिंग (यूडब्ल्यूडब्ल्यू)-ले भारतमाथि लगाएको अस्थायी निलम्बनलाई हटायो। यसको साथमा उनीहरूले राष्ट्रिय महासंघलाई प्रदर्शनकारी पहलवानहरू बजरंग पूनिया, विनेश फोगाट र साक्षी मलिक विरुद्ध भेदभावपूर्ण कार्वाही नगर्ने निर्देश पनि दिएका छन्। समयमा चुनाउ नगराएको मुद्दालाई लिएर भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-लाई यूडब्ल्यूडब्ल्यू-ले गत वर्ष २३ अगस्तमा निलम्बित गरेको थियो। विश्व संस्थाद्वारा जारी बयानमा भनिएको छ, यूडब्ल्यूडब्ल्यू-को ब्यूरोले निलम्बनको समीक्षा गर्न अनि अन्य विषयहरूमाथि चर्चा गर्न ९ फरवरीमा बैठक भएको थियो, जसमा सबै तथ्यहरूमाथि विचार गरेपछि निलम्बनलाई हटाउने फसेला लिइयो। अब सबै प्रतियोगिताहरू विशेषगरी ओलम्पिक खेलहरूका ट्रायल्स तथा अन्य प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनको निम्ति कुनै भेदभाव बिना पहलवानहरूका चयन गरिने विषयमा डब्ल्यूएफआई-ले यूडब्ल्यूडब्ल्यू-लाई लिखित ग्यारण्टी दिनु पर्ने पनि बयानमा भनिएको छ।
यूडब्ल्यूडब्ल्यू-को बयानमा भनिएको छ, जुन खेलाड़ीहरूसँग भेदभाव गर्न सकिने छैन त्यसमा ती तीनजना पहलवान पनि सामेल छन्, जसले पूर्व अध्यक्ष (बृजभूषण शरण सिंह)-का कथित गलत कामहरू विरुद्ध विरोध प्रदर्शन गरेका थिए। पहलवानहरूले डब्ल्यूएफआई-का पूर्व अध्यक्ष विरुद्ध यौन उत्पीड़न र भ्रष्टाचारको आरोप लगाएर विरोध प्रदर्शन गरेका थिए। त्यसपछइ यूडब्ल्यूडब्ल्यू-ले पनि भारतीय महासंघलाई निलम्बित गरेको थियो। यसपाली निलम्बन हटेपछि भारतीय पहलवानहरूले विश्व संस्थाको आउँदो प्रतियोगिताहरूमा देशको ध्वज मुनि खएल्नखेल्न सक्नेछन्। यसको साथमा विश्व संस्थाले एथलीट आयोगको माध्यमले डब्ल्यूएफआई-को चुनाउ फेरि गराउने निर्देश दिएको छ।
बयानमा भनिएको छ, यस आयोगमा सक्रिय खेलाड़ी या फेरि ती खेलाड़ीहरू सामेल हुन सक्नेछन्, जसले खेलबाट सन्न्यास लिएको चार सालभन्दा अधिक समय भएको छैन। मतदाता केवल खेलाड़ी हुनेछन्। यस चुनाउको आयोजन कुनै पनि सीनियर राष्ट्रिय च्याम्पियनशीपको अवधि गराउन सकिनेछ तर चुनाउ एक जुलाई २०२४-सम्म गराउनु पर्नेछ। यसको साथमा विश्व संस्थाले उनीहरू पहलवानहरूसँग सम्पर्कमा रहने अनि आउँदो दिनहरूका घटनाक्रमहरूमाथि उनीहरूसँग कुरा गर्ने पनि बताएको छ। उल्लेखनीय छ, गत वर्ष दिसम्बरमा डब्ल्यूएफआई-को चुनाउ गराइएको थियो अनि पूर्व अध्यक्षका घनिष्ट सञ्जय सिंहलाई नयाँ प्रमुख चयन गरिएको थियो तर खेल मन्त्रालयले राष्ट्रिय खेल संहिताको उल्लंघनको आरोप लगाएर केही दिन पछि नै महासंघलाई निलम्बित गरेको थियो। त्यसपछि देशमा कुश्ती खेलको सञ्चालन गर्न तदर्थ समिति गठन गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *