यूएफा च्याम्पियन्स लीगः राउण्ड अव् सिक्स्टीनम्यानचेष्टर सिटी र रियल म्याड्रिड विजयी

IMG-20240214-WA0121.jpg

कोपेनहेगन:  यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा राउण्ड अव् सिक्स्टीन (नक्आउट) चरण मंगलवार रातिदेखि शुरु भयो। नक्आउट चरणको पहिलो दिन खेलिएको दुईवटा म्याचमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीको साथमा रियल म्याड्रिडले आ-आफ्नो म्याच जित्यो। म्यानचेष्टर सिटीले आफ्नो असाधारण फर्म जारी राख्दै डेनमार्कको क्लब एफसी कोपेनहेगनलाई ३-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७९ प्रतिशत पोजेशनको साथ खेल्ने ईंग्लिश प्रीमियर लीगको क्लबबाट केविन डी ब्रूयेनले १०औं, बर्नार्डो सिल्वाले ४५ र फिल फोडेनले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी होम टीमबाट एकमात्र गोल मागनस माट्सनले ३४औं मिनटमा गरे। यस अवे म्याचमा जीतले सिटीको निम्ति क्वार्टर फाइनलमा पुग्ने बाटो निक्कै सजिलो भयो कारण पेप ग्वार्डियोलाको प्रशिक्षणमा रहने टीमसँग होम ग्राउण्डमा खेलिने दोस्रो लेगको म्याच अघि २ गोलको बढ़त रहेको छ।

यसरी अन्य एउटा म्याचमा स्पेनिश क्लब रियल म्याड्रिडले जर्मन क्लब आरबी लिपजिगलाई १-०-ले पराजित गऱ्यो। आरबी लिपजिगको होम ग्राउण्डमा खेलिएको यस म्याचमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भयो। दुवै टीमले लगातार प्रयास गरे पनि अन्तमा ब्राहिम डिआजले ४८औं मिनटमा दिलाएको गोलले रियललाई विजयी बनायो। यस जीतले रियलसँग आफ्नो होम ग्राउण्डमा खेलिने रिटर्न लेग अघि एक गोलको महत्त्वपूर्ण बढ़त रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *