मंग्पुमा संयुक्त माध्यमिक शिक्षक संगठनद्वारा शिक्षक शिक्षिकागणको विदाई समारोह सम्पन्न

मंग्पु: संयुक्त माध्यमिक शिक्षक संगठनद्वारा शिक्षक शिक्षिकागणको विदाई समारोह सम्पन्न गरेको छ। आज मंग्पुको सरस्वती उच्च माध्यमिक विद्यालय भवनमा संयुक्त माध्यमिक शिक्षक संगठनका सभापति जगत राईको अध्यक्षतामा एक विदाई एवं अभिनन्दन कार्यक्रम सप्पन्न भयो। संगठनका सचिव शरण गुरुङले संचालन गरेको अभिनन्दन समारोहमा शिक्षक बिवेक छेत्रीले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा मङपु सरस्वती उच्चत्तर माध्यमिक विद्यालयबाट अवकाश ग्रहण गरेका भूतपूर्व शिक्षक बिशोर छेत्री, भूतपूर्व शिक्षिकाद्वय प्रणिता राई,देवमित लेप्चा अनि ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयका प्राचार्य बालकुमार गुरुङलाई सम्बर्ध्दना जनाइएको छ।

यस अवसरमा समारोहका प्रमुख अतिथि क्षेत्रीय सभासद रतन थापा अनि विशिष्ट अतिथिहरु सरस्वती विद्यालयका प्राध्यापिका चन्द्रकला राई,ज्ञानपीठ विद्यालयको प्रधान अध्यापक दिलिप गुरुङ,शारदा विद्यालयको प्रधान अध्यापक प्रकाशचन्द्र राई अनि मङपुदेखि बाहिरबाट आएका शिक्षक शिक्षिकागणको बाहुलीबाट उपहार अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ। यसै कार्यक्रममा संयुक्त माध्यमिक शिक्षक संगठनको पक्षबाट मङपु लाब्दा समष्टि सभासद रतन थापालाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement