केन्द्रीय अनुबन्धबाट तमीमको छुट्टी

IMG-20240213-WA0188.jpg

ढाका: बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी) – को वार्षिक केन्द्रीय अनुबन्ध सूचीबाट पूर्व कप्तान तथा ओपनिंग ब्याटर तमीम इकबाललाई बाहिर गरिएको छ। बोर्डको यस्तो कदमले तमीमको अन्तर्राष्ट्रिय करियरमाथि प्रश्न चिन्ह लागेको छ। तमीमले गत वर्ष जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए तर बङ्लादेशकी प्रधानमन्त्री शेख हसीनाको विशेष आग्रहमा उनले २४ घण्टाभित्र आफ्नो फसेला बद्लिएका थिए। बीसीबी अध्यक्ष नजमुल हसनसँग खराब सम्बन्धले गर्दा तमीमले खेलबाट सन्न्यास लिने फसेला गरेका थिए। यसपाली केन्द्रीय अनुबन्ध सूचीबाट बाहिर राखेर बीसीबी-ले तमीम बोर्डको योजनाहरूमा सामेल नरहेको स्पष्ट संकेत दिएको छ।
केन्द्रीय अनुबन्ध सूचीः
सबै प्रारूपः लिटन दास, शाकिब अल हसन, मेहदी हसन मिराज, नजमुल हुसैन शान्तो र शरीफुल इस्लाम।
टेस्ट र वनडेः मुशफिकुर रहीम।
वनडे र टी२० इण्टरनेशनलः तस्कीन अहमद, तौहीद हृदोय, मुस्ताफिजुर रहमान, हसन महमूद।
केवल टेस्टः मोमिनुल हक, ताइजुल इस्लाम, जाकिर हसन, महमुदुल हसन जय, खालिद अहमद र नईम हसन।
केवल वनडेः महमुदुल्लाह, तञ्जीम हसन।
केवल टी२० इण्टरनेशनलः नसुम अहमद, मेहदी हसन र नुरुल हसन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *