एसकेएम पार्टीको निर्वाचनस्तरीय सभा सम्पन्न

IMG-20240213-WA0178.jpg

गान्तोक: एसकेएम पार्टीको गान्तोकको निर्वाचन क्षेत्रस्तरीय समन्वय सभा आज राजधानीस्थित मनन केन्द्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा वुथलेवलका एजेन्टहरूलाई विशेष गरेर समावेश गरिएको थियो। कार्यक्रममा पार्टी मुख्यालयका उपाध्यक्ष उत्तम लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिमा मुख्यालयका महासचिव पवन गुरूङ र पञ्चायत प्रकोष्ठका अध्यङ गोविन्द रसाईलीको उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य गान्तोक जिल्लाका सबै ब्लक-स्तर एजेन्टहरूसँग अन्तरक्रिया गर्नु र आगामी निर्वाचन प्रक्रियाका लागि महत्त्वपूर्ण पक्षहरूको बारेमा छलफल गर्नु रहेको थियो। त्यसैगरी बीएलएलाई पनि २०२४ को सफल निर्वाचन सुनिश्चित गर्नको निम्ति विभिन्न कार्यभार सुम्पियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement