कोलकाता: गत आइतबार अर्थात १० फरवरीको दिन मिथुन चक्रवर्तीलाई कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। मिथुन चक्रवर्तीलाई यहाँ परिक्षण गरिएको थियो। मिथुन चक्रवर्तीको यहाँ करिब दुई दिनसम्म उपचार भएको थियो। यसपछि १२ फरवरीमा मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज भए। अस्पतालबाट निस्किनेबित्तिकै उनले आफ्नो स्वास्थ्यबारे जानकारी दिए। मिथुन चक्रवर्तीले आफू ‘इस्केमिक सेरेब्रोभास्कुलर’ नामक रोगबाट पीडित रहेको बताए। यो रोगमा मस्तिष्कमा सञ्चारमा अवरोध हुन्छ। तर, अहिले मिथुन चक्रवर्ती पूर्ण रुपमा स्वस्थ भइसकेका छन्। मिथुनले यो जानकारी दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोन गरेको मिथुन चक्रवर्तीले बताए। प्रधानमन्त्री मोदीले मिथुन चक्रवर्तीको स्वास्थ्य बारे सोध्नुका साथै उनलाई निक्कै हप्काए। स्वास्थ्यको ख्याल नगरेको भन्दै प्रधानमन्त्री मोदीले आफूलाई हप्काएको मिथुनले बताए। उनले भने, ‘अब म आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनेछुl’ अभिनेता हुनुका साथै मिथुन चक्रवर्ती भारतीय जनता पार्टीका नेता पनि हुन्। मिथुन चक्रवर्तीले ७० को दशकमा आफ्नो दमदार नृत्य, एक्सन र अभिनयले मानिसहरूको मन जितेका थिए। मिथुनले आफ्नो करियरमा ३५० भन्दा बढी चलचित्र गरेका छन् र ११ भन्दा बढी अवार्ड जितेका छन्। सन् १९९६ मा, मिथुन चक्रवर्तीले फिल्म ‘जल्लाद’ मा नकारात्मक भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर अवार्ड जिते। यससँगै मिथुन २० भन्दा बढी अवार्डका लागि मनोनयनमा परेका छन् भने ११ भन्दा बढी सम्मानबाट सम्मानित भएका छन्। सन् २०२२ मा रिलिज भएको सुपरहिट फिल्म ‘द कश्मीर फाइल्स’ मा मिथुन चक्रवर्तीले मुख्य भूमिका निभाएका थिए। यस फिल्ममा मिथुनको भूमिकाको निकै प्रशंसा भएको थियो। ८० को दशकमा मिथुन चक्रवर्ती आफ्नो डान्स र एक्सनका लागि परिचित थिए। मिथुनले कुनै समय सिनेमाको पर्दामा राज गरेका थिए। अहिले मिथुन चक्रवर्ती फिल्मसँगै राजनीतिमा पनि सक्रिय छन्।