भारतीय क्रिकेट टीमका पूर्व कप्तान गायकवाड़को निधन

IMG-20240213-WA0174.jpg

नयाँ दिल्ली: भारतका सबैभन्दा अधिक उमेरका टेस्ट क्रिकेटर तथा पूर्व कप्तान दत्ताजीराव गायकवाड़को उमेर सम्बन्धी बिमारीहरूले गर्दा मंगलवार निधन भयो। उनी भारतका पूर्व ओपनिंग ब्याटर तथा राष्ट्रिय प्रशिक्षक अंशुमान गायकवाड़का पिता थिए। उनी ९५ वर्षका थिए। उनको गत १२ दिनदेखि बड़ौदाको एउटा अस्पतालको आईसीयू-मा उपचार चलिरहेको थियो। उनले १९५२-देखि १९६१-बीच भारतको निम्ति ११ वटा टेस्ट म्याच खेलेका थिए। उनले १९५९ को ईंग्ल्याण्ड यात्रामा राष्ट्रिय टीमको कप्तानी पनि गरेका थिए। देब्रे हातका यस ब्याटरले १९५२-मा लीड्समा ईंग्ल्याण्ड विरुद्ध पदार्पण (डेब्यू) गरेका थिए अनि उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच १९६१-मा पाकिस्तान विरुद्ध चेन्नईमा खेलेका थिए। गायकवाड़ले रणजी ट्रफीमा १९४७ देखि १९६१-सम्म बड़ौदाको प्रतिनिधित्व गरेका थिए। उनले ४७.५६-को औसतले ३१३९ रन बनाएका थिए, जसमा १४ वटा शतक सामेल छ। उनको सर्वोच्च स्कोर महाराष्ट्र विरुद्ध अविजित २४९ रन थियो। उनी २०१६ मा भारतका सबैभन्दा अधिक उमेरका टेस्ट क्रिकेटर बनेका थिए। त्यसअघि दीपक शोधन भारतका सबैभन्दा अधिक उमेरका टेस्ट क्रिकेटर थिए। उनको ८७ वर्षको उमेरमा निधन भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *