खोरीबारी: तलब बृद्धिको माग गर्दै आशा कार्यकर्ताहरुले खोरीबारी–सिलगढी राज्य सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। पश्चिमाङ्घ आशाकर्मी युनियनका तर्फबाट आज राज्यभर जस्तै खोरीबारीमा पनि आशाकर्मी युनियन आन्दोलनमा उत्रिएको छ।
पछि पुलिसको आग्रहमा आशा कार्यकर्ताले सडक अवरुद्ध रद्ध गरे ।कोलकातामा विरोध प्रदर्शन गर्दा ५० जना आशा कार्यकर्ता पक्राउ परेको आशा कार्यकर्ता युनियनले आरोप लगाएको छ। उनीहरुलाई सम्मानजनक छिटोभन्दा छिटो रिहा गरिनु पर्छ। तलब बृद्धिको माग गर्दै आजदेखि आन्दोलन सुरु गरिएको आशाकर्मी युनियनका खोरीबारी ब्लक अध्यक्ष नमिता सूत्रधरले बताइन्।