नेपाल प्रवेशको क्रममा विदेशी फुटबलर र भारतीय युवक पक्राउ

IMG-20230528-WA0320-5-300x172-3

नक्सलबारी: अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्ने प्रयास गरेको आरोपमा विदेशी फुटबलर सहित एकजना भारतीय युवक पक्राउ परेको छ।पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका फुटबलरको नाम अब्दुल्ला आबुबकर, सेनेगल निवासी अनि भारतीय युवकको नाम मुकेश ठाकुर बिहार निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार भारत नेपाल सिमाना भएर नेपालमा प्रवेश गर्ने प्रयास गरिरहेको नक्सलबारीको लालीजोत सिमानामा एसएसबीका जवानहरूले विदेशी फुटबलर सहित एकजना भरतीय युवकलाई पक्राउ गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार २०१९ सालमा सेनेगल निवासी अब्दुल्ला आबुबकर नेपालमा फुटबल खेल्नको लागि आएका थिए। हिजो तिनी अवैध रूपमा नेपालमा प्रवेश गर्ने प्रयास गरिरहेको समय एसएसबीका जवानहरूले पक्राउ गरेको बताइएको छ। अर्कोतिर,त्यस विदेशी फुटबलरलाई सीमा पार गराउने प्रयास गरेको आरोपमा एसएसबीका जवानहरूले बिहार निवासी मुकेश ठाकुरलाई पनि पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement