सिलगढीमा चिया दोकानमा काम गर्ने युवकलाई कुटपीट

Capture-1.jpg

सिलगढी: सिलगढीको भुटिया मार्केट नजिक रहेको चिया दोकानमा भएको घटनाको आरोप अनुसार दुइजना व्यक्तिले त्यस दोकानका एकजना कर्मचारीलाई कुटपीट गर्दा लडेपछि तिनीमाथि तातो तेल पोखिँदा गम्भीर रूपमा घाइते भएको बताइएको छ। हाल तिनको सिलगढी जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। पानीटङ्याङ्की आउटपोस्टमा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको छ। अर्कोतिर,यस घटनाको भीडियो दोकानमा जडान गरिएको सीसीटीभीमा कैद भएको छ। प्राप्त जानकारी अनुसार गत ११ फरवरी साँझ सिलगढीको भुटिया मार्केट नजिक ‘चाय काकू‘ नाम गरेको एउटा चिया दोकानमा दुइजना व्यक्तिले १२ कप चियाको अर्डर गरेपछि महकुमा परिषद नजिक डिलीभरी गर्नु लगाउँदा दोकानका कर्मचारी मानेनन्। यसपछि तिनीहरूमाझ विवाद शुरू भएपछि हातापाई समेत भयो। आरोप अनुसार यस अवधि ती दुइजना व्यक्तिले यस दोकानका एकजना कर्मचारी कुटपीट गर्दा लडेपछि तिनीमाथि तातो तेल पोखिँदा गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पुलिसले खोजी शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement