राजभवनमा ‘हाम्रो सङ्कल्प: विकसित भारत पुष्पित सिक्किम’ शुरू

IMG-20240213-WA0186.jpg

गान्तोक: सिक्किम राजभवनमा आजदेखि सप्ताहव्यापी ‘हाम्रो सङ्कल्प- विकसित भारत पुष्पित सिक्किम’ शुरूवात गरियो। यस अन्तर्गत राजभवन परिसरमा विभिन्न कार्यक्रमहरू आयोजन गरिने छ।

आज प्रथम दिन सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अगुवाईमा एक स्वच्छता अभियानको आयोजन गरियो। यस अभियान अन्तर्गत सबैभन्दा पहिला मन्दिर परिसरको साफ सफाई गरियो, जसमा परिवारका अधिकारीहरू, कर्मचारीहरू सबैले सक्रियरूपमा भाग लिए।

यसपछि, भगवान बुद्धको प्रतिमा स्थापना स्थलमा पनि स्वच्छता अभियान चलाइयो। यस अतिरिक्त, सरदार वल्लभ भाई पटेल, नेताजी सुभाष चन्द्र बोस, एवं राष्ट्रपिता महात्मा गॉंधीको प्रतिमा स्थल छेउछाउ र राजभवन परिसरको सफाई गरियो।

राज्यपालले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको सफल स्वच्छता अभियानबाट प्रेरणा लिॅंदै यस कार्यक्रमको शुभारम्भ गरिएको हो। स्वच्छता विकसित देश बनाउने धेरै मानकहरू मध्ये एक हो। हाम्रो उद्देश्य केवल आफ्नो परिसरलाई स्वच्छ र सुन्दर बनाउने होइन, तर यसको माध्यमद्वारा मानिसहरूलाई प्रेरित गर्नु पनि हो।

यस अवसरमा राज्यपालका साथै राजभवन परिवारहरूले पूर्ण उत्साह र जोशको साथमा एक आदर्श स्थल बनाउन कडा परिश्रम गर्दै संकल्प लिए। यसको परिणामस्वरूप राजभवन परिसर अब अझ धेरै स्वच्छ अनि आकर्षित बनेको छ भने मानिसहरू स्वच्छताप्रति अझ जागरूक बनेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *