चार जना  बालबालिकाको मृत्युको घटनालाई लिएर तृणमूल कांग्रेसले राज्यपाल भेट गर्ने

Shashi-Panja-Minister-West-Bengal

कोलकाता: उत्तर दिनाजपुरको एउटा गाउँमा आफ्नो ज्यान गुमाउने चार बालबालिकाको मृत्यु पछि सत्तारुढ तृणमूल कांग्रेसले राज्यपाललाई घटनास्थल भ्रमण गर्न र जवादेही निर्धारण गर्न आग्रह गरेको छ। हिजो, उत्तर दिनाजपुरको चोपडामा अवैध नाली विस्तारको क्रममा चार जना बालबालिकाहरूले ज्यान गुमाएका थिए। सांसदहरू प्रतिमा मण्डल र डोला सेनले राज्यपाललाई पत्र लेखेका छन्, जसले प्रतिनिधिमण्डललाई १५ फरवरीमा भेट्न राजी भएका छन्। एआईटीसीले एक्समा एक पोस्ट गर्दै भन्यो, ‘उनले जति केरलाबाट सन्देशखालीको भ्रमण गर्नमा तत्परता  देखाएका थिए उतिकै तत्परता चोपडामा भेट्नका लागि पनि देखाउनु पर्छ भन्ने अनुरोध गर्दछौंl’ एआईटीसीले ट्विटरमा एक पोस्टमा भनेको छ , ‘टीएमसीले आज लापरवाहीको निन्दा गर्दै विरोध प्रदर्शन गर्‍यो। आजको हाम्रो मौन विरोधले चोपडा, उत्तर दिनाजपुरमा @बीएसएफ इण्डियाको लापरवाहीका कारण चार जना निर्दोष बालबालिकाको दुःखद मृत्युको गहिरो पीडा र शोकलाई प्रतिबिम्बित गर्दछl’

टीएमसी नेतृ तथा पश्चिम बंगाल महिला अनि बाल विकासमन्त्री शशी पाञ्जाले भनिन्, ‘१२ सदस्यीय पार्टी प्रतिनिधिमण्डलले घटनाको बारेमा जानकारी दिन राज्यपाललाई बिहीबार भेट्नेछ। हामी राज्यपाललाई भेट्न चाहन्छौं, उनले १५ फरवरी मा राजनीतिक दलका १२ सदस्यीय प्रतिनिधिमण्डललाई समय दिएका छन्। हामी उनलाई दिउँसो राजभवनमा भेट्नेछौं, र उत्तर दिनाजपुरको चोपडामा भएको घटनाबारे बताउनेछौंl’ १२ सदस्यीय प्रतिनिधिमण्डलमा सांसद, वरिष्ठ मन्त्री, विधायक र राज्यका नेताहरु रहनेछन्। प्रतिनिधिमण्डलमा चन्द्रिमा भट्टाचार्य, फिरहाद हाकिम, अरूप विश्वास, उदयन गुहा, ब्रात्य बसु, डा. शशी पञ्जा, वीरबाह हंसदा, गौतम देव, डोला सेन, सांसद प्रतिमा मण्डल, सांसद जगदीशचन्द्र बर्मा बसुनिया र कुणाल घोष सहभागी रहनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *