सन्देशखालीमा बंगाल पुलिसको सुरक्षाको ढोंग, राती अँध्यारोमा तृणमूल नेताहरूले घरमै पसेर महिलाहरूमाथि कुटपिट गरे

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालको सन्देशखालीमा हिंसाग्रस्त क्षेत्रका महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बंगाल पुलिसको दाबी झूटो साबित भइरहेको छ। गए सोमवार राती शेख शाहजहाँ र उसका समर्थक अपराधीहरूले ती महिलाहरूको घरमा पसेर आक्रमण गरे जसले मीडियाको क्यामरा सामु उनीहरूको कुकर्मलाई उजागार गरेका थिए।

गत बुधवारदेखि नै व्यापक मात्रामा सड़कमा उत्रेका महिलाहरूले आरोपलगाएका थिए, शेख शाहजहाँ र उसका सहयोगी तृणमूल नेता शिबु हाजरा अनि उत्तम सरदारका मानिसहरूले क्षेत्रका छोरी-चेलीहरूलाई घरबाट लैजान्छन् अनि यौन उत्पीड़न गर्छन्। कुटपीट, गुण्डागिरी, जमीनमाथि कब्जा सहित कैयौं आरोपहरू महिलाहरूले लगाएका थिए। विशेष सन्देशखालीको सरबेड़िया गाउँका महिलाहरूले यस किसिमको आरोप लगाएका थिए जस पश्चात राती अँध्यारोमा उनीहरूको घरमा पसेर गुण्डाहरूले बर्बर ढंगमा कुटपिट गरे। यहाँसम्म कि एक वर्षीय शिशुलाई समेत छोड़ेनन्।

महिलाहरूको आँखामा अधिक प्रहार गरेको कारणले उनीहरूको आँखा रातो भएको छ। आरोप छ, पटक-पटक पुलिससित गुहार माग्दा पनि कुनै प्रकारको सहयोग गरिएन। विशेष कुरा, गत शुक्रवारदेखि नै सम्पूर्ण क्षेत्रमा पुलिसले धारा १४४ धारा लागू भएको दाबी गरे पनि अपराधीहरूले यसप्रकारको ताण्डव गर्न छोड़ेका छैनन्। केही महिलाहरूले मंगलवार पनि मीडियाको क्यामरामा आएर आफूहरूसित भएको बर्बरताको खुलासा गरेका छन्। स्थानीय तृणमूल कंग्रेसकी सांसद अभिनेत्री नुसरत जहाँसित यस मामिलामा सम्पर्क गर्दा उनी भन्छन्, “म अन्य काममा व्यस्त छु। प्रशासनसित सम्पर्कमा छु।”

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement