मैला-कुचैलाको थुप्रोबाट सल्किएको आगोले घर जलेर खरानी

IMG-20230410-WA0169-11-300x172-4

कोचबिहारः मैला-कुचैलाको थुप्रोबाट सल्केको आगोले एउटा घर जलेर खरानीमा परिणत भएको छ। घटना मंगलवार दिनहाटाको बड़ा अतियाबारी क्षेत्रमा घटेको हो। यद्यपि यस आगलागीमा ज्यानहानिको कुनै समाचार छैन।

स्थानीय मानिसहरूले बताए, घर अगाड़ि थुप्रिएको मैला-कुचैलामा कसैले आगो लगाएका थिए जसको ज्वाला घरसम्म पुग्यो। घटना बारे खबर पाउनसाथ अग्निशमन विभाग र दिनहाटा पुलिस घटनास्थलमा पुग्यो। शुरूमा दमकलको एउटा मात्र इञ्जिनले आगोलाई निभाउने प्रयास गऱ्यो, तर आगोले विकराल रूप धारण गरेको कारणले थप दुईवटा दमकललाई घटनास्थलमा बोलाउन पऱ्यो। तीनवटा इञ्जिनको सहयोगले आगोलाई नियन्त्रित गरियो। यस आगलागीमा घरसितै घरमा रहेको होम्योप्याथिक औषधिको पसल पनि जलेर खरानी भएको छ।

पीड़ित परिवारले बताए अनुसार आगोमा उनीहरूको सर्वस्व स्वाहा भएको छ। दिनहाटा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *