घरमा ईडी अधिकारीहरूलाई देख्नसाथ व्यापारीले छिमेकीको छतमा फोन फाले

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा जाँच गर्नको लागि ईडीले मंगलवार बिहान सल्ट लेक सहित छः स्थानमा खोजी अभियान शुरू गरेको छ। केन्द्रिय जाँच एजेन्सीको सूत्र अनुसार ईडीका अधिकारीहरूले कैखालीस्थित एक शेयर व्यापारीको घरमा पनि छापामारी गरेको छ। कथित रूपमा केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरू छापामारी गर्न आइरहेको सूचना पाउनसाथ व्यापारीले आफ्ऩो दुईवटा फोनलाई छिमेकीको छतमा फालिदिए। पछि ईडीका जाँच अधिकारीहरूले दुवै फोन छिमेकीको घरबाट जफत गरे।

पछिल्लो वर्षको अप्रेल महिनामा सीबीआईले भर्ती भ्रष्टाचारको जाँचमा मुर्शिदाबाद विधायक जीवनकृष्ण साहाको घरमा छापामारी गरेको थियो। त्यसबेला जीवनकृष्णले जाँचबुझ अवधि बिमार भएको बहाना बनाएर घरको पछिल्लोतिर शौचालय जाने नाममा आफ्नो दुईवटा मोबाइल फोनलाई फालिदिएका थिए। यस्तै दृश्य मंगलवार बिहान कैखालीमा पनि देख्न पाइयो।

जाँच अधिकारीहरूको मान्यता अनुसार कैखालीका व्यवसायीको दुवै फोनमा ”वित्तीय भ्रष्टाचार”- सित सम्बन्धित जानकारीहरू हुनसक्छ। ईडी सूत्र अऩुसार दुवै फोनलाई जफत गरेर त्यहाँ भएएका जानकारीहरू हासिल गरिँदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement