सोनारपुरका दुई काठ गोदाममा भयानक आगलागी

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः दक्षिण २४ परगनाको सोनारपुर क्षेत्रमा काठका दुईवटा गोदाममा भयानक आगलागी भयो। मंगलवार भोर बिहान लगभग ४:३० बजे एउटा गोदामबाट धुवाँ र आगोलो ज्वाला निक्लिएको देखियो। त्यसको केही क्षणमै आगो नजिकैको अर्को गोदाममा पनि फैलियो। स्थानीय मानिसहरूको सूचनामा घटनास्थलमा पुगेको पुलिसले अग्निशमन विभागलाई सूचित गऱ्यो। अग्निशमन विभागका दुईवटा दमकलले लगभग तीन घण्टासम्म संघर्ष गरेपछि आगोलाई नियन्त्रण गरियो। आगलागी के कारणले भएको थियो त्यसबारे अहिले थाहा लागेको छैन।

सूत्र अनुसार गोदाममा आगलागी हुँदै कोही पनि उपस्थित थिएन, यसैले कोही पनि घाइते भएको समाचार छैन। पुलिसको भनाइ छ, काठ कोदाममा अग्निशमनको व्यवस्था समेत थिएन। शर्ट सर्किटको कारणले आगलागी भएको हो वा अन्य कुनै कारणले यसबारेमा जाँच हुनेछ। गोदाम मालिकको आरोप छ, आगो कसैले लगाइएको हो। काठको सामान भएको कारणले आगो द्रूत गतिमा फैलिएको थियो जसले गर्दा नजिकैको गोदाम पनि आगोको चपेटमा पऱ्यो। हाल जाँच भइरहेको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *